गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त थापाको मुद्दा न्यायाधीश चुडालको एकल इजलासमा

229SHARES

२३ जेठ, काठमाडौँ । सांसदबाट पदमुक्त गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दायर गरेको मुद्दा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।

आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै थापाले सर्वोच्चमा रिट दायर गरेका थिए । आजको लागि तोकिएको पेसी चुडालको इजलासमा राखिएको सर्वाेच्चले जनाएको छ ।

थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।

जनमोर्चा केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरिएको छ । उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण