NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह बिहिबार मंसिर १८ , २०८२
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान बिहिबार मंसिर १८ , २०८२
कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ? बिहिबार मंसिर १८ , २०८२
अमेरिकी एफ–१६ लडाकु विमान दुर्घटना बिहिबार मंसिर १८ , २०८२
Next
Prev

समाचार

गाडी आयातमा करोडौं राजस्व ठगी, टेस्लाको एउटै गाडीमा १४ हजार डलर लुकाइयो

बुधबार मंसिर १७ , २०७७
Reading Time: 1 min read
A A
गाडी आयातमा करोडौं राजस्व ठगी, टेस्लाको एउटै गाडीमा १४ हजार डलर लुकाइयो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं : टेस्ला मोडल थ्रिका गाडीमा मूल्य घटाएर नेपाल आयात गरेको देखाई करोडौंंको राजस्व ठगी गरेको देखिएको छ । चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री नेपाल ल्याउँदा ३५ हजार डलरमा किनेको बिल पेस गरिएपछि करोडौं रुपियाँको राजस्व चोरी भएको पाइएको छ ।

‘गाडी अन्डर बिलिङमा आएको देखिन्छ । अरेटी इन्टरनेसनलले यसमा प्रयोग भएको मोटर क्षमता पनि झुक्काएर १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेर ल्याएको छ’, गाडी आयातमा दशकौंदेखि सक्रिय एक विज्ञले भने– ‘नेपालको भन्सार कार्यालयमै रहेका भ्रष्ट कर्मचारीको सहयोगमा राजस्व चोरी भएको देखिन्छ ।’

गाडीको भन्सार मूल्य ४१ लाख ६० हजार ४ सय ५० रुपियाँ देखाइएको छ भने भन्सार शुल्क बापत १६ लाख ६४ हजार रुपियाँ तिरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

LS Auto

अल ह्वील ड्राइभ सिस्टम जडान भएको टेस्ला मोडल थ्रिमा कम्पनीले १४७ किलोवाट क्षमताको मोटर जडान भएको तर्क दिँदै १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेको छ । तर, यसमा पछाडिको चक्कामा पावर दिन २११ किलोवाटको अर्को मोटर पनि दिइएको छ, ती विज्ञले विवरण दिए– ‘अगाडि र पछाडि गरेर यसमा ३५८ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ ।’

यस क्षमताको मोटर प्रयोग भएको गाडीले ६० प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने हुन्छ । कम्पनीले अहिले ८ लाख ७३ हजार ६ सय ९५ रुपियाँ अन्तःशुल्क तिरेको देखिन्छ, जब कि उसले ६० प्रतिशत अन्तःशुल्क बापत ३४ लाख ९४ हजार ७ सय ७८ रुपियाँ तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा कम्पनीले अन्तःशुल्कमा प्रतिगाडी २६ लाख २१ हजार ८३ रुपियाँ छली गरेको देखिन्छ ।

अन्तःशुल्क पछि यसरी आधिकारिक वितरक नभई आएको गाडीमा ३० प्रतिशत अतिरिक्त शुल्क लाग्छ । उक्त शुल्क बापत कम्पनीले १२ लाख ४८ हजार १ सय ३५ रुपियाँ तिरेको छ ।

भन्सार, अन्तःशुल्क, अतिरिक्त शुल्क, भ्याट र सडक निर्माण दस्तुर बापत कम्पनीले कुल रकम ५० लाख ३५ हजार २ सय ४९ रुपियाँ तिरेको देखिन्छ । यसरी मोटर क्षमता लुकाएर कम्पनीले एउटा गाडीमा कुल ३८ लाख ३६ हजार २ सय ८३ रुपियाँ राजस्व चोरी गरेको देखिन्छ ।

सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट नेपालमा आधिकारिक विक्रेता नियुक्त नभएका कम्पनीले पनि गाडी आयात गर्दा अतिरिक्त ३० प्रतिशत रकम तिरेर गाडी आयात गर्न पाउने व्यवस्था गरेसँगै ठूला र विश्वप्रसिद्ध ब्रान्डका गाडीहरु यही बाटो प्रयोग भएर आउन थालेको विज्ञहरु बताउँछन् ।

एकपटक अनाधिकृतरुपमा आयात भएका गाडी नेपाल भित्रिन दिने नीति लिएर सरकारले अतिरिक्त ३० प्रतिशत रकम तिरेर विनाआधिकारिक विक्रेता कम्पनीबाट गाडी मगाउन दिने बाटो खोलेको भए पनि यसको छिद्रलाई प्रयोग गर्दै पुनः धमाधम गाडी आयात शुरु गरेको बताइन्छ ।

केही दिनअघि भन्सार यार्डमा आइपुगेको टेस्लाको मोडल ‘थ्रि’ कार नेपालमा किया निरो र हुन्डाई कोनाको भन्दा पनि कम मूल्य देखाएर प्रवेश गरेको देखिन्छ ।

‘यी गाडी अन्डर बिलिङमा आएको हो वा होइन भन्ने विषयमा अहिल्यै टुंगोमा पुग्न सकिन्न।’ –भन्सार विभागका एक अधिकारीले नेपाल समाचारपत्रलाई भने । तर टेस्लाको एउटा गाडी केही दिनअघि भन्सार छुटेको उनले पुष्टि गरे । ती अधिकारीले औपचारिक जानकारीका लागि प्रवक्तासँग सम्पर्क गर्न सुझाव दिँदै आफ्नो नाम उल्लेख नगर्न अनुरोध गरे ।

‘हामीले भन्सारमा नयाँ टेस्लाको कार आएको छ भन्ने सुनेका छौं । त्यो अन्डर बिलिङमा आएको हो वा होइन भन्ने विषयमा भन्सार छुटाउने प्रक्रिया अगाडि बढेपछि मात्रै अनुसन्धान हुनेछ।’ –भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरे बताउनुभयो । ‘आर्थिक ऐनमा भएको व्यवस्था टेकेर टेस्लाका कारहरु नेपाल आएका छन्, ऐनले नै अतिरिक्त ३० प्रतिशत रकम तिरेर ल्याउन दिने भनेपछि त्यसलाई रोक्न सकिने विषय भएन।’ –घिमिरेले प्रस्ट पार्नुभयो ।

साउथ चाइना एक्जिम लिमिटेडबाट नोभेम्बर ६ तारिखमा नेपालका लागि भन्दै ३ वटा टेस्ला कारको प्याकिङ लिस्ट जारी गरेको डकुमेन्टमा देखिन्छ । साउथ चाइनाले नेपालको अरेटी इन्टरनेसनल टंगाल काठमाडौंको नाममा बिल नम्बर एआर २२९२०२५९आर बाट तीनवटा टेस्ला कार पठाएको देखिन्छ ।

ती गाडीको आधिकारिक वेबसाइटमा गाडीको स्पेसिकेसनअनुसार अमेरिकामा ५४ हजार ९ सय ९० अमेरिकी डलर रहेको छ । चीनमा अर्कै ब्याट्री प्रयोग गरेकाले ४७ हजार ९ सय ५० अमेरिकी डलर पर्ने उल्लेख छ ।

तर नेपालमा भने ती गाडीहरु ३५ हजार अमेरिकी डलरमा आयात भएको भन्दै त्यही मूल्यमा भन्सार तिरेको देखिन्छ । नेपालमा भन्दा अन्य देशमा उक्त गाडीको मूल्य कसरी फरक प¥यो त्यस विषय भने रहस्यमय रहेको छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

बिहिबार मंसिर १८ , २०८२
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

विचार

थप समाचार

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह
ताजा समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?
ताजा समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

बिहिबार मंसिर १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह

बिहिबार मंसिर १८ , २०८२
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.