NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

गिरिजाले फौजी आक्रमण अझ बढाउन भन्नुहुन्थ्योः पुष्पकमल दाहाल

बिहिबार फाल्गुन १ , २०७६
Reading Time: 1 min read
A A
गिरिजाले फौजी आक्रमण अझ बढाउन भन्नुहुन्थ्योः पुष्पकमल दाहाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सही विचार र सही नेतृत्व भएकै कारण असम्भव भनिएका कुराहरु सम्भव हुँदै गएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सही नेतृत्व भएकै कारण कटुतापूर्ण र सत्रुतापूर्ण संघर्षमा रहेका दुई मुख्य पार्टीहरुको एकता सम्भव भएको बताए ।

उनले तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धकै कारण देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित हुन सकेको उल्लेख गर्दै भने ‘सही बिचार र सही नेतृत्वले ईतिहासमा ठुलोठुलो फड्कोहरु मार्न योगदान गर्न सक्छ सही विचार र सही नेतृत्वले असम्भव जस्ता ठानिएका परिवर्तनलाई पनि सम्भव तुल्याउन सक्छ किनभने केही वर्ष पहिले सम्म नेपालमा यति छिट्टै संविधान सभा भइहाल्ला संघीय लोकतान्त्रीक गणतन्त्र घोषणा गरीहाल्ला आपसमा निकै तितो र कटुतापूर्ण र कहीले काहिं सत्रुता पूर्ण संघर्षमा रहेका २ वटा मुख्य पार्टीहरु एकतामा आइपुग्लान र अनि चुनावमा दुई तिहाई बहुमत ल्याउने गरी प्रस्तुत होलान भन्ने केही वर्ष अगाडी सम्म मानिसले सोच्दैन थिए तर म भन्न चाहन्छु, विनम्रतापूर्वक भन्न चाहन्छु सही विचार र सही नेतृत्व छ भने ती असम्भव भनेका कुरालाई सम्भव बनाउन सकिन्छ, जनयुद्ध आफै सुरुका दिनहरुमा हेर्दा धेरैलाई विश्वास थिएन ।’

LS Auto

अध्यक्ष दाहालले तत्कालिन समयमा माओवादी र एमालेबीच संविधान सभामा जाने भन्ने सहमति भएको र त्यसकै जगमा कांग्रेससँग पनि मिल्न पुगेको र सात राजनीतिक दलहरुसँग माओवादीले १२ बुँदे सम्झौता गर्न पुगेको बताए ।

उनले देशमा एकातिर जनयुद्ध र अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन एकसाथ सञ्चालन गर्न तत्कालिन ७ राजनीतिक दल र नेकपा माओवादीबीचमा भएको समझदारीबाट नै सम्भव भएको बताए । उनले असाधारण र फरक किसिमबाट बनेको समझदारीबाट नै देशमा राजतन्त्रको समाप्ती र संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न सफल भएको समेत बताए ।

अध्यक्ष दाहालले नेपाली कांग्रेसका तत्कालिन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र आफुबिच राजधानीमा जनआन्दोलन बढ्दै थएका बेला दिनदिनै फोनमा कुरा भएको र त्यसबेला कोइरालाले अझ बढी फौजि आक्रमण बढाइदिन आग्रह गरेको खुलासा समेत गरे ।

दुईवटा हाम्रो कम्युनिष्ट पार्टीको पहिला सहमति भएर हस्ताक्षर भइनै सकेको थियो हामी मिलेर अव संविधान सभातिर जाने भन्ने विषयमा नेपाली कांग्रेससँग पनि राखेर त्यही प्रकृयाबाट १२ बुँदे समझदारी भयो र नेपाली कांग्रेसको तत्कालिन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा झण्डै लगातार जस्तो दिनदिनै जस्तो फोनमा कुरा हुन्थ्यो र उनले अझै आक्रमण बढाउनु प¥यो भन्नु हुन्थ्यो मलाई फौजि आक्रमण अझ बढाईदिनु प¥यो भन्नुहुन्थ्यो अलि सदरमुकाम हान्न प¥यो अलि ठुलोठुलो आक्रमण गर्न प¥यो भन्नु हुन्थ्यो यो पनि विचित्र हो । यस्तो संसारमा कमै हुन्छ यही विचित्रको परिस्थीतिले नै नेपालमा ढाइसय वर्ष पुरानो शाह वंशिय राजतन्त्रको अवसान गर्ने वातावरण बन्यो र देश संघीय लोकतान्त्रीक गणतन्त्रमा आइपुग्यो । यही विचार प्रवृति हावी भएकै हुनाले एकता सम्भव भयो ।’

अध्यक्ष दाहालले तत्कालिन समयमा नेतृत्वले सही निर्णय नगरेको भए देशमा ठुलो समस्या उत्पन्न हुनसक्ने खतरा रहेको बताए । उनले विश्वमा अन्य मुलुकमा शान्ति प्रक्रिया पुरा हुन नसकेको र विद्रोहका प्रमुख नेता नै मारिएको उल्लेख गर्दै नेपालमा आफूहरु शौभाग्यशाली भएर नै सशस्त्र विद्रोहलाई शान्तिपूर्ण वातावरणमा ल्याउन सफल भएको बताए ।

अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया सम्भव भएको र मुलुक समाजवादको आधार निर्माण तर्फ अघि बढेकोले अव जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने समेत बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले जनयुद्ध जनताको मुक्ति र समृद्धिका लागि भएको बताए । उनले विश्वमा कहिं नभएको सफलता नेपालमा भएको जनयुद्धले प्राप्त गर्न सफल भएको बताए । उनले २००७ साल देखि नै राजनीतिक युद्ध चलिरहेको अवस्थामा जनयुद्धले नेपालको राजनीतिलाई नै परिवर्तन गराईदिएको बताए ।

उनले जनयुद्धका बेला तत्कालीन एमालेले पनि ठुलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै गल्ती कमजोरी नगरी कोही अगाडि बढ्न नसक्ने समेत बताए । उनले पछिल्लो समय पार्टी एकता हुँदा देशमा स्थायित्व आएकाले पार्टी भित्र देखिएका अन्तरविरोधहरु छिट्टै हल गर्न नेतृत्व सफल हुने विश्वा व्यक्त गरे ।

कार्यक्रममा शहीदहरुप्रति श्रदान्जलि व्यक्त गरिएको थियो । कार्यक्रममा नेकपा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागि हुनुभएन् । उहाँ सहभागि हुने बताइएपनि गएनन् । प्रधानमन्त्री ओली गत वर्ष फागुन एक गते आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएन् ।

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.