गृहमन्त्रीमा किचलो भएपछी मन्त्रिपरिषद विस्तारमा ढिलाइ

१२ फागुन ७४, आइतबार

काठमाडौं, फागुन १३
माओवादीभित्र गृहमन्त्री बन्ने विषयलाई लिएर विवाद भएको छ । । माओवादीभित्रको आन्तरिक किचलो तथा एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो ।

माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले विच हानाथाप भएको छ । उक्त हानाथापकै कारण पार्टी अध्यक्ष प्रचण्डले मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिन सकेका छैनन् ।

आइतबार साँझसम्म दुवै पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेमा सोमबार सपथग्रहण हुने प्रधानमन्त्रीनिकट श्रोतले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका केही नेतासँग सोमबारसम्म मन्त्रिपरिषद विस्तार हुने जानकारी दिएका छन् ।

Advertisement

माओवादीबाट सरकारको नेतृत्व बादलले गर्नेमा सहमति भए पनि गृहमन्त्रीको विवाद छ । प्रचण्ड वर्षमानलाई गृहमन्त्री बनाउनुपर्ने दबावमा छन् । तर, पार्टीभित्र प्रदेश सरकारमा समेत बलियो हिस्सा लिन सफल भएका बादलले गृहमन्त्रीको अडान छाडेका छैनन् ।

बादल र वर्षमानको लडाइमा पूर्वगृहमन्त्री जनार्दन शर्माले गृहमा पुनः बाजी मार्ने चर्चा पनि चलेको छ । प्रधानमन्त्री ओलीको चाहना पनि बादल वा वर्षमानभन्दा जनार्दन गृहमन्त्री भइदिए काम गर्न सजिलो हुन्थ्यो भन्ने ढंगले आएको माओवादी हेडक्वार्टर स्रोतले जनाएको छ । तर, प्रचण्ड जनार्दनलाई गृहमन्त्री बनाउन खासै इच्छुक देखिँदैनन् ।

Advertisement

यद्यपि वर्षमान निकट नेताहरुले भने बादलको नेतृत्वमा सरकारमा जाने र वर्षमान गृहमन्त्री हुने टुंगो लागिसकेकाले अरुले खेल्नुको अर्थ नरहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top