गोप्य सर्भेले के ल्यायो गणना ?

२५ चैत, काठमाडौँ । जसरी प्रधानमन्त्रीले सार्वजनिक समारोहहरूमा अब हुने चुनावबाट आफू फेरि बहुमतसहित सरकारमा फर्किने दृढता व्यक्त गर्दै छन्, त्यो कुरालाई उनकै समूहका नेता–कार्यकर्ता संगठित मदन भण्डारी फाउण्डेशनले भने पूर्ण सत्य नभएको ठहर गरेको छ ।

बालुवाटारनिकट एक पूर्वमन्त्रीले बताएअनुसार देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आफ्नासहित विपक्षीहरूबीच गरिएको सर्वेक्षणले पार्टी टुक्रिएर चुनावमा गए पनि मुस्किलले लार्जेस्ट पार्टी या ढुक्कसँग प्रमुख प्रतिपक्षीका रूपमा आउन सकिने ठहर गरेको छ ।

कुन क्षेत्रमा कति मतदाता छन् ? तीमध्ये आफूतिर कति, माधव पक्षमा कति, कांग्रेस, जसपासहितका अन्य दलसँग कति छन् ? पहिलाको मतान्तर कति अब माओवादी र माधव खेमाले काट्ने कति ? भन्ने अंकका आधारमा उसले एउटा गोप्य प्रतिवेदन तयार पारेको बताइन्छ । त्यसमा नेपाली कांग्रेस सबभन्दा ठूलो र दोस्रोमा आफूहरू हुने निश्कर्ष उल्लेख छ ।

Advertisement

तर, अचम्मचाहिँ के छ भने, आफू हुँदाखाँदाको पहिलोबाट दोस्रो पार्टी हुनका लागि किन प्रधानमन्त्री चुनावतिर जोड गर्दै छन् ? उनले पार्टी व्युँतिने गरी भएको सर्वोच्च अदालतको दोस्रो फैसलापछि माधव नेपाल, झलनाथ खनालसहितका नेतालाई मिलाउन सक्नुपथ्र्यो । तर, ठीक उल्टो गरी मिल्ने बाटोमा जान्छौँ भन्दा पनि माधव–झलनाथलाई किनारा पार्ने योजना बुन्न थाले ।

बरु, महाधिवेशनमा एकपल्ट फेरि आफैँ अध्यक्ष उठ्ने, प्रधानमन्त्री पनि हुने ध्याउन्नमा छन् । त्यसैले पार्टीभित्र कुनै उत्तराधिकारी तयार पार्नुभएको छैन । फाउण्डेशनको सर्वे नतिजा जस्तोसुकै भए पनि उहाँ अन्ततः चुनावमा जानैपर्छ, परिणाम त्यति खराब हुँदैन भन्ने बुझाईमा हुनुहुन्छ ।

Advertisement

अर्कातिर, अहिलेको राजनीतिक घटनाक्रममा मधेस आधारित राजनीतिक दलहरू फरक फरक बुझाईमा भेटिएका छन् । जनता समाजवादी पार्टीका महन्थ ठाकुर–राजेन्द्र महतोहरू केपी ओली सरकारको निरन्तरतामा फाइदा देख्छन् भने उपेन्द्र यादव अहिले पनि प्रधानमन्त्री मानसिक रूपमै समस्याग्रस्त रहेको मान्छन् ।

अनि, नेपाली कांग्रेस त्यसबेला बल्ल अविश्वासको प्रस्ताव दर्ता गर्नेमा पुग्छ, जब सरकार बनाउने र अहिलेको सरकार ढल्ने पक्कापक्की हुन्छ ।

त्यस्तै, सरकारमाथि विश्वासको मत फिर्ता लिने माओवादीको कुरा पनि त्यस्तै अन्यौलग्रस्त छ । प्रधानमन्त्रीले विश्वासको मत फिर्ता लिए राजीनामा दिन्छु भन्नुलाई कतै फेरि पनि पुस ५ को झैँ संसद विघटन गरेर अर्को बितण्डा मच्चाइदिन्छु भनिएको त होइन ? भन्ने आशंकामा माओवादी छ । अर्थात्, ‘भैँसी देखेर जोगी, जोगी देखेर भैँसी’ तर्सिएजस्तो स्थिति छ ।

आजको जनआस्थासाप्ताहिक समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top