गोरखामा भूकम्पको केन्द्रविन्दुसम्बन्धी विवाद सुल्झियो

२४ कात्तिक ७७, मंगलबार

२५ कात्तिक, गोरखा ।

भूकम्पको केन्द्रविन्दु (इपिसेन्टर) बारे बारपाक सुलीकोट र धार्चे गाउँपालिकाबीचको विवाद सुल्झिएको छ ।

सोमबार जिल्ला समन्वय समितिको अगुवाइमा भएको सर्वपक्षीय बैठकमा तीन बुँदे सहमति भएपछि धार्चे गाउँपालिकाले भूकम्पको केन्द्रविन्दुमाथिको दाबी छाडेको छ ।

Advertisement

धार्चे गाउँपालिकाले गुम्दाको चुङकाङ डाँडा इपिसेन्टर भनी प्रयोग गरेको शब्द प्राविधिक त्रुटि भएको भन्दै सच्याउने निर्णय भएको जिसस प्रमुख अशोक गुरुङले बताए । २०७२ को भूकम्पको इपिसेन्टर बारपाक नै भएको विषयमा कुनै विवाद नरहेको बैठकले निष्कर्ष निकालेको छ ।

दुई गाउँपालिकाका जनप्रतिनिधिसहितको बैठकले तीन बुँदे सहमति गर्दै विवाद समाधान गरेको हो ।केही दिनअघि धार्चे गाउँपालिकाले गुम्दाको चुङकाङ डाँडा भूकम्पको केन्द्रविन्दु भन्दै साइन बोर्ड राखेको थियो र भूकम्पको केन्द्रविन्दु आफ्नो गाउँपालिकामा पर्ने दावी गरेको थियो ।

Advertisement

त्यस्तै लाप्राकको पुसुडाँडादेखि गुम्दाको चुङकाङ डाँडासम्म इपिसेन्टर एडभेन्चर ट्रेल निर्माण गरी गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालबाट उद्घाटन गराएको थियो ।

भूकम्पको केन्द्रविन्दु बदल्ने गरी गतिविधि गरेको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आपत्ति जनाएपछि दुई गाउँपालिकाबीचको विवाद सतहमा आएको थियो ।

भूकम्पको केन्द्रविन्दु बारपाक गाउँ बारपाक सुलिकोट गाउँपालिकामा पर्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नै स्थापित सत्यलाई तोडमोड गर्न खोजिएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आपत्ति जनाएको थियो ।

इपिसेन्टर तोडमोड गर्न लागिएको भन्दै बारपाकका स्थानीयले बिहीबार धार्चे प्रवेश गर्ने मुख्य नाकामा अवरोध गरेका थिए । उक्त अवरोध आइतबार हटाइसकिएको छ ।

इपिसेन्टरसँगै पर्यटन पदमार्ग निर्माण तथा सामुदायीक वन क्षेत्रभित्र ढुङ्गामुढा उत्खनन गरेको विषयमा पनि छलफल चल्नुपर्ने बारपाकवासीले बताउँदै आएका थिए । यसमा प्रचलित ऐन कानुन बमोजिम गर्ने सोमबारको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top