गोरु काट्दै गरेको अवस्थामा बाबु–छोरा पक्राउ

सुनसरी, फागुन ६
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेमा सोमवार प्रहरीले गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा बावु–छोरालाई पक्राउ गरेको छ ।

दिउँसो १२ बजे सोही स्थान बस्ने धन बहादुर तामाङको घरमा अन्दाजी ६० किलोको गोरु (बाच्छो) काटेर भाग लगाउँदै गरेको अवस्थामा तामाङ सहित उनको छोरा बर्ष १९ को गोपाल तामाङलाई पक्राउ गरेको हो ।

गोरु काट्दैछ भन्ने सूचना पाएसंगै प्रहरी चौकी बाङगेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका दुवै जनामाथि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top