घरतर्फ मेसी र रोेनाल्डोको पुस्ता

१७ असार ७५, सोमबार

विश्व फुटबलका महान् खेलाडीद्वय पेले र म्याराडोनाको पुस्तापछि त्यो उचाइमा अन्य खेलाडीको नाम आएको छैन । तर अहिले बहस तीव्र बनेको छ, वर्तमानका महान् खेलाडी को हुन् ? लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो वा दुवै।

दक्षिण अमेरिकी फुटबललाई माया गर्ने, अझ भनौं स्पेनिस क्लब बार्सिलोनालाई पछ्याउनेहरूका लागि मेसी विश्वकै उत्कृष्ट खेलाडी लाग्न सक्छ्न । त्यस्तै युरोपेली फुलबल मन पराउने र रियाल मड्रिडलाई पछ्याउनेहरूका लागि भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मेसीभन्दा अब्बल दरिन सक्छन् । दुवैका दाबी आआफ्नै ठाउँमा सही छन् । वर्षैपिच्छे विश्वकै सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गरिने ‘बालोन डी अर’ अवार्डको विगत हेर्ने हो भने समर्थकका तर्कमा खोट लगाउन मिल्दैन ।

पछिल्ले १० वर्ष रोनाल्डो र मेसीबाहेक अन्यको नाम त्यहाँ भेट्टाउन सकिँदैन । मेसी र रोनाल्डोबीचको व्यक्तिगत सम्बन्ध आफ्नै ठाउँमा होला तर, दुवैका समर्थकले एकअर्काको कटु आलोचना गर्छन् । समर्थक मात्र होइन विश्वकै सञ्चारमाध्यले पनि दुई खेलाडीबीच उत्कृष्टताको होडमा थप मसला थपिदिएका छन् । यी दुई खेलाडीबीचको होडमा अन्य खेलाडी भने छायामा परेका छन्।

Advertisement

क्लब फुटबलमा मेसी र रोनाल्डोले जुन जादु देखाउने गर्छन्, अन्तर्राष्ट्रिय प्रतियोगितामा भने दुवै असफल देखिन्छन् । व्यावसायिक फुटबलमा मेसी र रोनाल्डोले जुन वाहवाही पाउँछन्, अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शनमा भने दुवैले चर्को आलोचना खेप्ने गर्छन् । भलै रोनाल्डोले दुई वर्षअघि फ्रान्समा युरोपियन च्याम्पियनसिपको उपाधि उचालेर आफूमाथिको दबाब कम गरेका छन् ।

दुई साताअघिदेखि रूसमा फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप चलिरहेको छ । विश्वकपमा ३२ राष्ट्रका ७ सय ३६ खेलाडीले आफूलाई सिद्ध गर्ने प्रयास गरे र गरिरहेका छन् । प्रतियोगिता जुन १५ जुलाईसम्म चलिरहनेछ । आइतबार रातिसम्म (समूहचरणबाट १६ र नकआउट चरणबाट ४ गरी) २० टोलीका ४ सय ६० खेलाडी प्रतियोगिताबाट घर फर्किसकेका छन् ।, यो खबर आजको नागरिकदैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top