घाँस काट्न जाँदा हराएका सात किशोरी र बालिका भेटिए

१८ चैत्र, महोत्तरी ।
महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् ।

खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले उज्यालोलाई जानकारी दिइन् । अहिले प्रहरी त्यसतर्फ गएको पनि उनले जानकारी दिइन् ।

हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए ।

Advertisement

मेयर साहका अनुसार स्थानीयले किशोरीहरूलाई मंगलबार दिउँसो नजिकै अजगेवा गाउँको खेतमा घाँस काटिरहेको देखेकोमा त्यसपछि उनीहरू बेपत्ता भएका थिए ।

उनीहरू बिहार पुगेको खबर आएसँगै नेपाल प्रहरीको टोली त्यसतर्फ जान लागेको साहले जानकारी दिए ।

Advertisement

‘पारिपट्टिबाट भारतीय प्रहरीले समातेर राखेको छ, यताबाट प्रहरी गएपछि केहीबेरमा उनीहरूलाई हस्तान्तरण गरिनेछ । त्यसपछि उनीहरूलाई घर–परिवारको जिम्मा लगाइन्छ,’ उनले भने ।

सम्बन्धित परिवारलाई भने उनीहरू कहाँ गए भन्ने जानकारी नै नभएको बेपत्तामध्ये एक किशोरीका काका मनोज पासवानले बताए ।

साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । भंगाहा प्रहरी चौकी सीतापुर, लोहरपट्टी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक राजेश घिमिरे नेतृत्वको टोलीले रातभर किशोरीहरूको खोजी गरेको थियो ।

प्रहरी र स्थानीयले मिलेर रातभर खोजी गरेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top