चक्रवातको असर : पश्चिममा पानी पर्ने र उच्च हिमाली केही क्षेत्रमा हिमपातको सम्भावना

५ जेठ, काठमाडौं ।

देशभरको मौसम बदली भएको छ । अहिले कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ तथा देशका अरु एक÷दुई ठाउँमा पानी परिरहेको छ ।

भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ–ते र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

भारतमा बनेको चक्रवातको असर अस्तिदेखि नेपालमा पनि परेको छ । तर चक्रवात विस्तारै कमजोर बन्दै गएको र उत्तर–पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कंडेलले बताए ।

आज दिउँसोपख पनि मौसम बदलीकै अवस्था रहनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा एक÷दुई ठाउँमा ठूलो र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । बाँकी वाग्मती, प्रदेश दुई र एकका पहाडी केही ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको ।

उच्च हिमाली केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ । त्यस्तै आजराति पनि पश्चिमका केही ठाउँमा ठूलो पानी पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा कतै ठूलो पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात हुने भएकाले खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

मेघगर्जन र हावाहुरीसहित पानी पर्ने, खोलामा पानीको सतह बढ्ने भएकाले घरबाहिर निस्कँदा या कतै यात्रा गर्दा सुरक्षित रहन मौसमविद् कंडेलले आग्रह गर्नुभयो । पर्सि शुक्रबारसम्म नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top