चतराधाममा दोस्रो पिण्डेश्वर अर्धकुम्भ मेला सुरु

चतरा, चैत २३
प्राचीन हरिद्वार चतराधाममा आजबाट दोस्रो पिण्डेश्वर अर्धकुम्भ मेला सुरु भएको छ । कुम्भको समय कौशिकी नदी अर्थात सप्तकोशीमा स्नान गरेर बराह र पिण्डेश्वरको दर्शन गरे पुण्य प्राप्ति हुने विश्वास छ । देवताहरुले अमृत पिएर बचेको छोक्रालाई पिण्डको आकारमा महादेव(शिवलिंग) स्थापना गरिएको ठाउँ धरानको पिण्डेश्वर भएको विश्वास गरिन्छ ।

त्यसैले भारतको ४ ठाउँको कुम्भ भन्दा यहाँ लाग्ने पिण्डेश्वर महाकुम्भको महत्व बढी भएको मानिन्छ । सुनसरीको बराहक्षेत्र स्थित चतराधाममा नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको पहलमा नेपालमै दोस्रो पटक अर्ध कुम्भ मेला सुरु भएको छ ।

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको भारतको ४ स्थानमा प्रत्येक १२ बर्षमा महाकुम्भ स्नानको मेला लाग्ने गरेको छ । वैशाख २४ गतेसम्म सञ्चालन हुने कुम्भमा चारवटा स्नान कार्यक्रम हुने बताइएको छ ।

Advertisement

कुम्भमा देश विदेशका करोडभन्दा बढी भक्तजन आउने आयोजकले जनाएको छ । कुम्भले अन्तराष्ट्रिय पहिचान बनाएको नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताए । अर्धकुम्भ मेलामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत अन्य मन्त्रीहरुको सहभागि रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top