चन्द्रयान–२ ले पठाएको तस्बिरमा ज्याक्सन, मच, कोरोलेभ र क्रेटर देखिए

१० भदौ, एजेन्सी ।
भारतको चन्द्रयान–२ ले चन्द्रसतहको नयाँ तस्बिर पठाएको छ । चन्द्र धरातल भन्दा ४ हजार ३७५ किलोमिटर माथिबाट परिक्रमा गर्दै चन्द्रयानले तस्बिर खिचेको हो ।

इसरोका वैज्ञानिकले चन्द्रयान–२ मा रहेको टेरैन म्यापिङ्ग क्यामरा–२ सञ्चालित गरेर चन्द्र धरातलको तस्बिर खिचेका हुन् । २३ अगस्टमा खिचिएको तस्बिर इसारोले २६ अगस्टमा आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरेको हो ।

चन्द्रयान–२ ले खिचेको चन्द्र धरातलको यस तस्बिरमा ज्याक्सन, मच, कोरोलेभ र क्रेटर देखिएका छन् । चन्द्र सतहमा ठूल्ठूला खाडल रहेका छन् । पृथ्वीका वैज्ञानिकले यी खाडल (क्रेटर) लाई नामाकरण गरेका छन् । प्रायः चन्द्र खाडल (क्रेटर) को नाम चन्द्रयात्री वैज्ञानिकको नाममा राख्ने चलन रहेको छ ।

Advertisement

चन्द्रयान–२ को ल्याण्डिङ्ग गर्ने दिन नजिकिँदै जाँदा इसरोका वैज्ञानिकले यसको गतिविधि वृद्धि गर्दै गइरहेका छन् ।

चित्रमा देखिएको ज्याक्सन क्रेटर चन्द्रमाको भागमा पर्छ । यस क्रेटरको व्यास ७ किलोमिटर रहेको छ।

Advertisement

प्रशिद्ध भारतीय भौतिकशास्त्री शिशिर कुमार मित्रको नामबाट ‘मित्र क्रेटर’ नामाकरण गरिएको खाडलको व्यास ९२ किलोमिटर छ ।
चित्रमा देखिएको कालोलेभ क्रेटरको व्यास ४३७ किलोमिटर छ । यस क्रेटरका वरिपरि थुप्रै स–साना क्रेटरहरु छन् ।

समरफिल्ड नामको क्रेटरको व्यास १६९ किलोमिटर छ र यो चन्द्रमाको उत्तरी भागमा छ । यो क्रेटर पर्वत शृङ्खलाबाट घेरिएको छ । यसको नाम प्रशिद्ध जर्मन भौपितकशास्त्री डा. अर्नोल्ड समरफील्डको नाममा राखिएको हो । डा. अर्नोल्ड ख्यातिलवध अणुविज्ञ र क्वाण्टम फिजिक्सका ज्ञाता थिए ।

यसैगरी चित्रमा देखिएको किर्कवुड क्रेटरको नाम प्रशिद्ध अमेरिकी अन्तरिक्ष यात्राी टेनियल किर्कवुडको सम्मानमा राखिएको हो । यस क्रेटरको व्यास ६८ किलोमिटर रहेको छ ।

चन्द्र सतहमा रहेका प्लासकेट (१०९ किमि० रोहडेस्टेन्वेन्सिकी ) १७७ किमि० र हर्मिट क्रेटर ब्रह्माण्डकै चिसो ठाउँमा पर्छन् । यहाँको तापमान २५ केल्भिन अर्थात माइनस २४८ डिग्री सेल्सियस हुन्छ ।

इसरोका अनुसार चन्द्रयान–२ को भौतिक अवस्था राम्रो छ । वैज्ञानिकहरुले २८ अगस्टमा पुनः यसको कक्ष परिवर्तन गरी यसलाई चन्द्रसतहको झनै नजिक लैजाने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top