चर्चित फुटबलर रोनाल्डो क्वारेन्टाइनमा

एजेन्सी, फागुन २९
विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् । इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् ।

३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् । गत साता इन्टर मिलानविरुद्धको खेलमा युभेन्ट्सले २—० को जित हात पारेपछि टिम फोटोमा रोनाल्डो र रुगानी पनि थिए । सामाजिक सञ्जालमा मिरालेम पिजानिकले पोष्ट गरेको उक्त फोटोमा रोनाल्डो र रुगानी दुवैले खुशी मनाइहेका थिए । रुगानीसंग भेट गरेका दुवै टिमका खेलाडीहरुले अब क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । रुगानी उक्त खेलमा बेन्चमै रहेको भएर धेरैसंग उनले भेट गरेका थिएनन् ।

रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

सम्बन्धित समाचार

Scroll to Top