चाउचाउ र बिस्कुटको भरमा बाँच्दै छन् बाराका हुरीपीडित सुत्केरी

२४ चैत ७५, आइतबार

बारा : फिरोज मियाँ अन्सारीकी श्रीमती रेशमा खातुन २० दिनको नवजात छोरीलाई काँख च्यापेर भोकै छिन्। पाँच दिन भयो उनले राम्रोसँग खान नपाएको।गत आइतबार साँझकाे हावाहुरीमा अन्सारी दम्पतीले ७ बर्से छोरा फैयाजलाई गुमाए। त्यसदिनदेखि रेशमाको अवस्था अत्यन्त दयनीय छ। रुँदै दिन काट्न विवश छिन्।

Advertisement

राहत बाँड्न आउने अधिकांशले चाउचाउ बाँडेका छन्। त्यही पनि खोसाखोस छ यतिबेला फेटामा।फेटा गाउँपालिका ६ पुरैनियाँमा रहेको अस्थायी क्याम्पमा अन्सारी दम्पती जस्तै दर्जनौंले यसैगरी छाक टारिरहेका छन्। अवस्था झन् झन् दयनीय बन्दै गएको छ। त्यहाँ पुग्ने जोकोहीको आँखा रसाउँछ।

यतिबेला रेशमा खातुन बोल्न नसक्ने अवस्थामा पुग्न लागेकी छन्। उनको आँखाबाट बलिन्द्र आँसुका धारा बगिरहेछन्। सात बर्से छोरो सम्झँदै पलपल मूच्र्छित भइरहेको छ दम्पती।

Advertisement

राम्रोसँग खान नपाएका उनको दूध राम्रोसँग आउँदैन। २० दिनकी छोरी काखमा चिच्याइरहेकी छन्। कहिले छोरीलाई एकोहोरो हेर्छिन्, कहिले घोप्टो परेर रुन्छिन्।

रेशमाका खातुनले घरीघरी छोरा फैयाज भनेर कराउने गरेको त्यसबाहेक कसैसँग बोल्न नसकेको श्रीमान फिरोजले सुनाए। छोरा फैयाजलाई घरको पर्खालले चेपेको थियो। उनको त्यहीँ ज्यान गएको थियो। ‘बुवा (मंजुर मिया)को कम्मर र खुट्टा भाँचिएर नेसनल मेडिकल कलेजमा राखेका छौं, अचेत अवस्थामा हुनुहुन्छ।’ फिरोजले पीडा पोखे। याे खबर आजकाे नागरिक दैनिकमा छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top