चिकित्सक, आईसीयू र भेन्टिलेटरविहीन मुस्ताङ

३० बैशाख ७८, शुक्रबार

३१ बैशाख, मुस्ताङ । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरियन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ ।

मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना संक्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा संक्रमित पुगेका छन् ।

संक्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

‘यहाँ उच्च सजगता अपनाइएकै हो, अहिले लक्षणसहितका संक्रमितको सङ्ख्या बढ्दो छ,’ स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भने, ‘संक्रमितलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ ।’

मुस्ताङ अस्पतालमा छ शय्याको आइसोलेसन बनाइएको छ । ती छ वटै शय्यामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेन्टिलेटर र सघन उपचार कक्ष भने छैन । भेन्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए ।

Advertisement

सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मुस्ताङका विभिन्न स्थानमा भ्रमणको लागि पुग्ने सर्वसाधारणको लागि अक्सिजनको कमी हुने मुस्ताङले अहिले कोरोनासँग जुध्न अक्सिजनको समस्या टड्कारो बनेको छ ।

‘स्थानीय तहमा पनि आइसोलेसन बनेका छन् । तर अक्सिजन पु¥याउन सकिएको छैन्,’ अर्यालले भने, ‘जनसङ्ख्या थोरै भएर के गर्नु छिरोलिएको ठूलो जिल्ला भएकाले व्यवस्थापनमा कठिन भैरहेको छ ।’ मुस्ताङमा १३ हजारको हाराहारीमा जनसङ्ख्या छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top