चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक : राष्ट्रपति भण्डारी

१४ जेठ, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति खेद व्‍यक्त गरेकी छिन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत् राष्ट्रपति भण्डारीले भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्‍यक्त गरेकी हुन् ।

Advertisement

‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।’ उनले भनेकी छन् ।

कोरोना महामारीको विषम परिस्थितिमा संयम र धैर्य अपनाउन उनले आग्रह गरेकी छिन् । ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’ उनले थपिन् ।

Advertisement

बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

डा। चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् ।

बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top