चितवन माछामा आत्मनिर्भर

५ मंसिर ७८, सोमबार

६ मंसिर, चितवन ।

नेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ ।

जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र दुई हजार ६०० मेट्रिक टन खपत हुँदै आएको छ । यहाँ वार्षिक तीन हजार मेट्रिक टन माछाको माग हुने गरेको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए ।

Advertisement

उनको अनुसार यस वर्ष उत्पादन बढेर छ हजार ६५३ मेट्रिक टन माछा उत्पादन हुने लक्ष्य राखिएको छ । एक हजार ३०७ व्यावसायिक माछा खेती गर्नेहरु रहेको छन् । जहाँ दुई हजार ८३१ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।

जिल्लामा उत्पादित माछामध्ये दैनिक दुई टन जिल्ला बाहिरका बजारमा जाने गरेको सो अवसरमा जानकारी दिइयो । जिल्लामा हाल दैनिक एक टन माछा छिमेकी राष्ट्र भारतबाट आउने गरेको भए पनि जिल्लाको बजारलाई यहीको उत्पादनले धान्ने गरेकाले यस जिल्लालाई माछामा आत्मनिर्भर भएको सङ्घले घोषणा गरेको हो ।

Advertisement

यहाँ उत्पादित माछाको मुख्य बजार चितवन, पोखरा र काठमाडौँ रहने गरेको छ । जिल्लाका मुख्य बजारमा केही मात्रामा फर्मालिन प्रयोग गरिएका माछा देखिएको भन्दै उनले यसलाई रोक्नका लागि स्थानीय निकायसँग सहकार्यका लागि माग गरिएको बताए । अहिले चितवनको बजारमा एक हजार ५०० मेट्रिक टन बिक्रीका लागि तयारी भए पनि स्टकमा राखिएको छ ।

विसं २०३८ सदेखि माछापालन सुरु गरिएको यस जिल्लामा विसं २०६७ देखि व्यावसायिक रुपमा सुरु गरिएको थियो । माडीको गोपालनगर र भरतपुरको शङ्कर चोकमा व्यक्तिगत प्रयोजनका लागि माछा पालिएको भए पनि यसको बिस्तारको अवधि विसं २०४८ बाट सुरु भएको मान्न सकिन्छ ।

राज्यले माछापालन व्यवसायमा विसं २०४८ बाट अनुदान दिन थालेको थियो । व्यावसायिक हुन नसकेको यो व्यवसाय अहिले आएर व्यावसायिकसँगै आत्मनिर्भर भएको नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय महासचिव जोगेन्द्र चौधरीले बताए । उनले भने, “राज्यले मत्स्य व्यवसायीलाई आत्मनिर्भर घोषणा गर्नका लागि कुनै निकायले ध्यान दिन नसकेकाले हामी आफैँले घोषणा गर्नुपरेको हो ।”

यहाँ सात सय हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरिएको छ । माछापालनका लागि ५१३ हेक्टर क्षेत्रफल मात्रै प्रयोग भएको छ । नेपालमा अहिले ५५ हजार मेट्रिक टन माछा खपत हुँदै आएको छ । जसमध्ये ३० देखि ४० प्रतिशत नेपालको उत्पादनले धान्दै आएको छ । नेपालमा उत्पादित माछाभन्दा बाह्य बजारबाट आएका माछा व्यवसायीले सस्तोमा पाउने भएकाले नेपाली बजारमा ती माछाको प्रयोग वढ्दो क्रममा रहेको चौधरीको भनाइ छ । देशभरि ७० प्रतिशत व्यवसायीले विदेशी माछाको प्रयोग गर्ने गरेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top