चिल्लो नारायणगढ-मुग्लिन सडक अब जोखिममुक्त, यस्ता छन् उच्च जोखिममा रहेको सडकहरु

२ पुस ७५, मंगलबार

काठमाडौं,पुस २

निर्माणअघि उच्च जोखिम युक्त रहेको नारायणगढ मुग्लिन सडकखण्डमा जोखिम घटेको छ । यातायात व्यवस्था विभागले यो सडकखण्डलाई कम जोखिमयुक्त सडकमा वर्गीकरण गरेको हो ।

३६ किलोमिटर लामो सो सडक पुल निर्माण बाहेक सबै काम सकिइसकेको छ । नारायणगढ मुग्लिन सडकमा दैनिक ८ हजार भन्दा बढी सवारी साधन गुडिरहेका छन् । कालीखोला आसपासको ४ किलोमिटर क्षेत्रमा २९ वटा जोखिमपुर्ण पहिरो रहेका छन् ।

Advertisement

यसका लागि विभिन्न स्थानमा पर्खाल लगाउने काम गरिएको छ । सडकको विभिन्न स्थानमा राखेको स्पीड ब्रेकरले दुर्घटनालाई कम गर्ने विभागले दाबी गरेको छ ।

यसैगरी सडकको छेउमा सेफ्टी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । विभागले देशभरबाट ६० जोखिमयुक्त सडकको पहिचान गरी उच्च जोखिम मध्यम जोखिम र कम जोखिममा वर्गीकरण गरेको छ ।

Advertisement

जसअन्तर्गत उच्च जोखिममा ६, मध्यम जोखिममा ४३ र न्युन जोखिममा ११ वटा रुट रहेका छन् । दुर्घटना, सडकको दुरी, सडकको क्षमता लगायतलाई आधार मानेर सडकको वर्गीकरण गरिएको हो ।

यस्ता छन् उच्च जोखिममा रहेका सडकहरु

गल्छि-पिपलटार, काठमाडौं-पिपलटार, बार्तुङ-तम्घास, गोरुसिङगे-सन्धिखर्क, डुम्रे-बेसिशहर र बेसिशहर-चामे

मध्यम जोखिम

मलेखु-धादिङबेसी, पिपलटार-धुन्चे, धुन्चे-रसुवागढी, गल्छी-नौबिसे, नौबिसे-काठमाडौं, बुटवल-बर्थुङ, गल्याङ-वालिङ, वालिङ-स्याङजा, स्याङजा-पोखरा, पोखरा-कुस्मा, कुस्मा-बाग्लुङ, बाग्लुङ-बेनी, बेनी-जोमसोम, पोखरा-डुम्रे, डुम्रे-आबुखैरेनी, आबुखैरेनी-मुग्लिन, आबुखैरेनी-गोर्खा, चौरेल-फिकेल, फिकल-इलाम, इलाम-फिदिम, फिदिम-ताप्लेजुङ, धरान-हिले, हिले-लेगुवा, लेगुवा-भोजपुर-दिक्तेल, हिले-बसन्तपुर, बसन्तपुर-चैनपुर-खाँदबारी, बसन्तपुर-तेह्रथुम, कटारी-घुर्मी, घुर्मी-ओखलढुङगा, ओखलढुङगा-सल्लेरी, बर्दिबास-सिन्धुली, सिन्धुली-खुर्कोट, खुर्कोट-धुलिखेल, खुर्कोट-रामेछाप, खुर्कोट-मन्थली, मन्थली-तामाकोशी, लामाङगु-चरिकोट, चरिकोट-तामाकोशी, तामाकोशी-जिरी, धुलिखेल-जिरोकिलो, जिरोकिलो-दोलालघाट, दोलालघाट-चतरा र मुग्लिन-नारायणगढ रहेका छन् ।

न्युन जाखिम

इटहरी-धरान, र्मिचइया-कटारी, खुर्कोट-गुर्मि, खुर्कोट-खाडिचौर, खाडिचौर-कोदारी, काठमाडौं-बनेपा, काठमाडौं-धुलिखेल, मुग्लिन-मलेखु, पोखरा-डुम्रे, डुम्रे-आबुखैरेनी र आबुँखैरेनी-मुग्लिन रहेका छन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top