चीनमा कोरोना संक्रमितमध्ये ९४.३ प्रतिशत निको भए

२६ जेठ, बेइजिङ ।
चीनले कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितमध्ये कम्तीमा ९४.३ प्रतिशत निको भएका जनाएको छ । सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण पत्ता लागेको चीनले बेइजिङमा आइतबार कोभिड-१९ विरुद्धको लडाइँसम्बन्धी श्वेतपत्र जारी गर्दै ९४.३ प्रतिशत कोरोना संक्रमित निको भएको जनाएको हो ।

चीनको राज्य परिषद सूचना कार्यालयद्वारा जारी ‘फाइटिङ कोभिड-१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्रमा भाइरसविरुद्धको लडाइँमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्य रहेको जनाईएको छ ।

कोरोनाविरुद्धको वैश्विक लडाइँमा आफ्नो विचार स्पष्ट गर्न श्वेतपत्र जारी गरिएको जनाउँदै कोभिड-१९ को महामारीलाई मानवताका लागि शताब्दीकै सबैभन्दा भयानक परिवेशका रूपमा विश्लेषण गरिएको छ । एउटा अज्ञात, अप्रत्याशित, र विनाशकारी रोगको सामाना गर्दै चीनले रोगलाई फैलिन नदिन नियन्त्रणका लागि दृढ लडाइँ लडेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

Advertisement

“मानिसको जीवन एवम् स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउँदै चीनले व्यापक, कडा एवम् पूरै मेहनतका साथ कोरोनाभाइरस रोकथामका उपायहरू अपनाएको छ,” श्वेतपत्रमा उल्लेख छ । “अब यो भाइरसको सङ्क्रमण फैलिन नदिन सबै च्यानलहरू नियन्त्रण गर्न चीन सफल भएको छ ।”
महामारी विरुद्धको चिनियाँ लडाइँ, आगोको परीक्षा, समन्वयकारी ढङ्गले रोकथाम, नियन्त्रण र उपचारमा सक्षम, भाइरसविरुद्ध शक्तिशाली सेनाको निर्माण र स्वास्थ्यका लागि विश्व समुदायसँग हातमालो गरी श्वेतपत्रमा चार भाग प्रस्तुत गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top