चीनसँग जोडिएको जिल्ला भएर पनि कोरोनामुक्त छ रसुवा

८ असार ७७, मंगलबार

८ असार,रसुवा ।

उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवा हालसम्म कोरोनामुक्त छ । चीनको वुहान शहरमा कोरोना फैलेपछि जिल्ला प्रशासन कार्यालयले शुरुमै सीमा नाका रसुवागढी बन्द गरेको थियो । सुरक्षित रहन सरकारले दिएको मार्गनिर्देशन एवं स्थानीय बासिन्दाको पूर्वसावधानीका कारण हालसम्म रसुवा सुरक्षित छ ।

चीनको हुवेइ प्रान्तको वुहान शहरमा उक्त रोगको संक्रमण फैलिन थालेलगत्तै नेपालको उत्तरी नाका रसुवाबाट आवतजावतमा रोक, रसुवागढी तथा बेत्रावतीमा हेल्थ डेस्क स्थापना, रोगको असरसम्बन्धी व्यापक जनचेतना, स्थानीय बासिन्दाद्वारा लकडाउनको पूर्ण पालना जस्ता कार्यले हालसम्म कोरोना रोग नियन्त्रण गर्न सफलता मिलेको जनस्वास्थ्य प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

Advertisement

जिल्ला बाहिर र विदेशबाट आएका स्थानीय नागरिकलाई पहिलो चरणमै क्वारेन्टिनमा राखी स्वास्थ्य परीक्षण गराउने, खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्यवस्तु बोकेर जिल्ला प्रवेश गर्ने सवारी साधनमा कीटाणुनाशक औषधि छर्कने जस्ता कामले रसुवा कोरोनाबाट सुरक्षित रहेको चिकित्सकले बताएका छन् ।

विदेशबाट आउने स्थानीय नागरिकको संख्या कम रहेको, कुन व्यक्ति कहाँबाट आयो, कहाँकहाँ गयो, कुन कुन मानिससँग भेटघाट भयो भनी निगरानी सक्रियतापूर्वक जनस्तरबाट निरन्तर भइरहेकाले उपचार तथा परीक्षण अत्यन्तै सजिलो भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले जानकारी दिए ।

Advertisement

केन्द्र तथा प्रदेश सरकारको निर्देशन एवं जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयलाई गाउँपालिकाहरूले अत्यन्तै सक्रिय रूपमा कार्यान्वयन गरिरहेको, राजनीतक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, रेडक्रसलगायत सामाजिक संघसंस्थासमेतका निकायले राम्रो सहयोगी भूमिका निर्वाह गरिरहेकाले हालसम्म कोभिड –१९ नियन्त्रणमा सहजता आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

रसुवागढी नाकाबाट समयमै मानिस तथा सवारी साधन आवतजावतमा रोक लगाई सीमा तथा बेत्रावतीमा हेल्थ डेस्क स्थापना गर्नु नै रोग नियन्त्रणको ठूलो उपलब्धि भएको प्रजिअ पन्तले बताए । उनका अनुसार हालसम्म ५१२ जनाको आरडिटी र २९ जनाको स्वाव परीक्षण गरिएको, परीक्षणका लागि थप ४९ जनाको स्वाव संकलन भइसकेको र हाल ४२ जना क्वारेन्टिनमा छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top