चीन जाने विद्यार्थी र ब्यापारीलाई चिनियाँ खोप लगाइने

२२ चैत ७७, सोमबार

२३ चैत्र, काठमाडौं ।
नेपालमा चैत २५ गतेदेखि चिनियाँ खोप लगाइने भएको छ ।

चीनले आफ्नो देश प्रवेश गर्नेलाई अन्य देशले उत्पादन गरेको खोप लगाए मान्यता नदिने परिपत्र गरेपछि स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएको सार्स कोभ– २ भ्याक्सिन (भेरोसेल) लगाउने निर्णय गरेको हो ।

सो खोप चीनमा अध्ययन गर्ने विद्यार्थी र व्यापारीलाई लगाइने भएको छ । ६० वर्षभन्दा बढी उमेर समूहलाई भने यो खोप दिइनेछैन ।

Advertisement

चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप १६ चैतमा सरकारले चार्टर विमानमार्फत नेपाल ल्याएको थियो ।

‘स्वास्थ्य मन्त्रालयमा आइतबार बसेको बैठकले चीनबाट ल्याएको सार्स कोभ– २ भ्याक्सिन (भेरोसेल) २५ चैतबाट लगाउने निर्णय भएको छ ।

Advertisement

सो खोप सीमापार व्यापार व्यवसाय गर्ने, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, भ्रमणमा जाने कर्मचारीलाई दिइनेछ,’ स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने ।

मन्त्रालय स्रोतका अनुसार हजारभन्दा बढी विद्यार्थी खोप लगाउन नपाएर चीन जान पाएका छैनन् । त्यस्तै, एक लाखको संख्यामा सीमापार व्यापारीहरू छन् ।

मन्त्रालयले चिनियाँ खोप काठमाडौं उपत्यकाका अस्पताल र प्रदेश अस्पतालमा केन्द्रित रहेर लगाउने योजना बनाइएको छ ।

त्यसका लागि १५ देखि २० वटा केन्द्र तोकिने भएको छ । व्यवस्थापन महाशाखाका अनुसार खोप कार्ड बनाइँदै छ ।

यसअघि कोभिसिल्ड खोप लगाएका व्यक्तिको पहिचानका लागि पनि खोपअनुसारको कार्ड आवश्यक हुने व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले बताए ।

सरकारले पहिलो डोज खोप लगाएकालाई आगामी ७ वैशाखबाट दोस्रो डोज लगाउने निर्णय गरेको छ । तर, समयमा भारतबाट दश लाख डोज खोप नआएमा सो अभियान प्रभावित हुने देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top