चुरोट पिउन रोके झोँकमा महिलाको हत्या

एजेन्सी, कात्तिक २५
छेउमा बसेर चुरोट पिउन नदिएको भन्दै भारतमा एक महिलाको घाटी थिचेर हत्या भएको छ । दैनिक हिन्दुस्तानका अनुसार अमृतसरबाट टाटानगर जाने जलियान्वाला बाग एक्सप्रेसमा यो घटना भएको हो । आफ्नो परिवारसँग ट्रेनमा यात्रा गरिरहेकी चिन्तादेवीले सोही कम्पार्टमेन्टमा चुरोट तानिरहेका युवकलाई चुरोट पिउन रोकेकी थिइन् ।

त्यसपछि आक्रोशित बनेका युवकले चिन्तादेवीमाथि कुटपिट गर्न थाले । चिन्तादेवी भुईंमा लडेपछि ती युवकले आफ्नो खुट्टाले उनको घाँटी थिचेर हत्या गरेका हुन् । बिहारको रोहतास जिल्लाकी चिन्तादेवी पन्जाबमा परिवारसँगै एक फ्याक्ट्रीमा काम गर्थिन् । छठ पूजाका लागि उनी गाउँ जाँदै थिइन् ।

बरेलीको छेउमा भएको यो घटनापछि जनरल कोचमा खैलाबैला मच्चियो । सूचना पाउनेबित्तिकै जीआरपीले शाहजहाँपुरमा ट्रेन रोक्न लगाएर महिलालाई अस्पताल पठाएका थिए, जहाँ उनलाई मृत घोषित गरियो । जीआरपीले आरोपितलाई गिरफ्तार गरी जेल पठाइदिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top