च्याम्पियन्स लिगमा लग्यो पीएसजीलाइ ठुलो झट्का : नेमार नखेल्ने , यस्तो छ कारण

१७ माघ ७५, शुक्रबार

एजेन्सी, माघ १७
फ्रेन्च क्लब पिएसजीलाई ठूला खेलअगाडि ठूलो झट्का लागेको छ । युरोपियन च्याम्पियन्स लिगमा अन्तिम १६ का खेलअघि टोलीका प्रमुख खेलाडी ब्राजिलियन नेइमार घाइते भएपछि पिएसजी संकटमा परेको हो ।

घरेलु प्रतियोगिता खेल्नेक्रममा घाइते भएका नेइमारले अब च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ का पहिलो र दोस्रो लेग दुवै खेल गुमाउने क्लब पिएसजीले पुष्टि गरेको छ । पिएसजीले अन्तिम १६ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धी पाएको छ ।

नेइमार गत मंगलबार फ्रेन्च कपअन्तर्गतको स्टार्सवर्गसँग खेल खेल्नेक्रममा घाइते भएका थिए । उनको दायाँ खुट्टामा चोट परेको छ ।

Advertisement

नेइमार गएको सिजन पनि लामो समय घाइते भएका थिए । लिग वानमा मार्सेलीविरुद्धको खेल दौरान घाइते भएका उनी ३ महिनापछि एकैपटक रसिया विश्वकपमा मात्रै मैदान फर्किएका थिए ।

यसअघि नेइमारले पहिलो लेग मात्रै गुमाउने चर्चा भए पनि उनको थप चेकजाँचपछि दुवै लेग गुमाउने क्लबले पुष्टि गरेको हो । क्लबले नेइमार मार्च अन्तिम सातापछि मैदान फर्किने बताइएको छ ।

च्याम्पियन्स लिगको पहिलो लेगमा पिएसजी र युनाइटेडको पहिलो लेगको खेल फेब्रुअरी १२ र दोस्रो लेग मार्च ५ मा हुँदैछ ।

पिएसजी गत सिजन अन्तिम १६ मा स्पेनिस रियल मड्रिडसँग पराजित हुँदै बाहिरिएको थियो । यसपटक पनि पिएसजीलाई उपाधि दाबेदार टोली मानिएको छ ।

स्रोत : फुटबल खबर

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top