दशैको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को ओभरसिज राइट्स हाइलाइट्स नेपालले महंगो मुल्यमा खरिद गरेसँगै चलचित्र विदेशमा रिलिज गर्ने सम्पूर्ण अधिकार हाइलाइट्स नेपालसँग सुरक्षित रहनेछ ।
तर, यसपटक यसको निर्माणपक्षले युटुबमा चलचित्र भने बेचेको छैन । ‘हो, यसपटक हामीले युटुबमा चलचित्र बेचेका छैनौ । विदेशमा बस्ने दर्शकलाई हेर्नका लागि नयाँ प्रविधीको खोजी गरिरहेका छौ । संभवत यो चलचित्र युटुबमा आउँदैन ’ चलचित्रका निर्माता दिपकराज गिरीले भने ।
चलचित्रको ट्रेलर र गीत पनि हाइलाइट्स नेपालकै युटुब च्यानलबाट सार्वजनिक भएको छ । दिपकका अनुसार, हाइलाइट्स नेपाललाई १ करोडमा यो चलचित्रको ओभरसिज राइट्स बेचिएको हो ।
उनका अनुसार–‘चलचित्र युटुबमा आउँछ भनेपछि दर्शक हलमा घटेका छन् । युटुबमा हरेक हप्ता नयाँ नयाँ चलचित्र रिलिज हुँदा हलमा दर्शकको चाप घट्न थालेको छ ।’
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाँई, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।