‘छक्का पन्जा–३ ’ युटुबमा नआउने !

३१ भदौ ७५, आइतबार
Share this
652shares

दशैको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को ओभरसिज राइट्स हाइलाइट्स नेपालले महंगो मुल्यमा खरिद गरेसँगै चलचित्र विदेशमा रिलिज गर्ने सम्पूर्ण अधिकार हाइलाइट्स नेपालसँग सुरक्षित रहनेछ ।

Advertisement

तर, यसपटक यसको निर्माणपक्षले युटुबमा चलचित्र भने बेचेको छैन । ‘हो, यसपटक हामीले युटुबमा चलचित्र बेचेका छैनौ । विदेशमा बस्ने दर्शकलाई हेर्नका लागि नयाँ प्रविधीको खोजी गरिरहेका छौ । संभवत यो चलचित्र युटुबमा आउँदैन ’ चलचित्रका निर्माता दिपकराज गिरीले भने ।

चलचित्रको ट्रेलर र गीत पनि हाइलाइट्स नेपालकै युटुब च्यानलबाट सार्वजनिक भएको छ । दिपकका अनुसार, हाइलाइट्स नेपाललाई १ करोडमा यो चलचित्रको ओभरसिज राइट्स बेचिएको हो ।

Advertisement

उनका अनुसार–‘चलचित्र युटुबमा आउँछ भनेपछि दर्शक हलमा घटेका छन् । युटुबमा हरेक हप्ता नयाँ नयाँ चलचित्र रिलिज हुँदा हलमा दर्शकको चाप घट्न थालेको छ ।’

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाँई, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top