पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

विराटनगर,भदौ ३१
पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यलय विराटनगरमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलका भतिजा शैलेश पोखरेललाई मेडिकल डिन नियुक्त गरेको विरोधमा नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीको नेतृत्वको टोलीले आईतबार तालाबन्दी गरेको हो ।

Advertisement

विद्यार्थीहरुले उपकुलपति घनश्यामलाल दास, रजिस्टार प्रमिला थापा, पूर्वाञ्चल विश्वविद्यालय प्रशासन महाशाखाको कार्यलयमा समेत तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयमा राजनीतिक हस्तछेप भएकोमा तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top