×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु,हङकङ र चीनको पूर्वी भेगमा प्रवेश

३१ भाद्र २०७५

मनिला/वासिङटन, भदौ ३१
स् फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिए । थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने उनले आशंका गरे । मृत्यु भएका मध्ये बागुओ सहरका एउटै परिवारका छजना भएको बताइएको छ । उनीहरुको घर भत्किएर मृत्यु भएको समाचारमा जनाइएको छ ।

Advertisement
Advertisement

आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रुखहरु उखेलेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको र लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ । आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।

यो आँधी हाल हङकङ र चीनको पूर्वी भेगमा प्रवेश गरेको छ । त्यसैगरी अमेरिकाको क्यालिफोर्नियामा फ्लोरेन्स नाम दिइएको वर्षासहितको आँधीका कारण आइतबारसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ । आँधीले अमेरिकाको उत्तरी तथा दक्षिणी क्यारोलिनामा भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।

हावाहुरीले थुपै रुखहरु ढालेको छ भने घरहरु भत्काएको छ । आँधीका कारण धेरै ठाउँ जलमग्न भएका कारण सञ्चार तथा विद्युत सेवा विच्छेद भएको छ । मृत्यु भएका मध्ये दुई जना आमा र बच्चा समेत रहेका छन् । उनीहरुलाई रुख ढलेर उनीहरुकै घरमा च्यापेको थियो । घरमा आगलागी समेत भएको थियो । दक्षिण क्यारोलिनाको ह्याम्स्टेडमा एक महिलाको हृदयघात भएर मृत्यु भएको छ । आँधी आएपछि हृदयाघात भएकी उनलाई घरबाट उद्धार गर्न समेत कठिनाइ भएको बताइएको छ ।

Advertisement
Advertisement

स्थानीय हजारौं स्थानीय बासिन्दालाई सुरक्षित शिविरहरुमा लगिएको छ भने दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् । मौसम अधिकारीहरुले हावाको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भएको छ ।
रासस/सिन्ह्वा

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top