नेपालद्वारा अफगानिस्तानसामु १९० रनको चुनौती

३१ भदौ ७५, आइतबार
Share this
658shares

लखनउ,भदौ ३१
भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आजको तेस्रो खेलमा नेपालको यू–१९ टोलीले अफगानिस्तानलाई १९० रनको चुनौती दिएको छ ।

Advertisement

एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल बनायो ।

नेपालका लागि पवन सर्राफले ७८ रन जोडे । जम्मा ९६ बल खेलेका उनले एक छक्का र १० चौकाको मद्दतमा ७८ रन बनाएका हुन । त्यसैगरी सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बामले १६ तथा भीम सार्कीले १३ रनको योगदान दिए ।

Advertisement

बलिङतर्फ अफगानिस्तानका मोहम्मद कविरले तीन विकेट लिए भने अबिद मोहमदी र अरिफ खान दवलतजाईले २/२ विकेट लिए । अफगानिस्तानले अहिले ब्याटिङ गरिरहेको छ । उसले नौ ओभरमा एक विकेट गुमाउँदै ४० रन बनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top