छिमेकी नै पापी भएपछि…

चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा पर्मशिला सुत्थिन् ।

भदौ २६ गते राति। दास परिवारले गुरु जत्तिकै मान्ने छिमेकी ५० वर्षीय रामबाबु पासवानले क्रूरता देखाए। खाटमुनि लुकेका पासवानले राति दास दिदीबहिनीमाथि एसिड बर्साए। गम्भीर घाइते सम्झनाको आइतबार राति निधन भयो।

‘असल छिमेकी भन्ने लागेको थियो,’ सम्झनाका बुवा जादोलालले भने, ‘घटना हेर्दा त उसले गरेको हर्कत कहिल्यै माफ गर्न सकिँदैन। छिमेकी पापी भएपछि कसको के लाग्छ र?’ जादोलाल गरिब परिवारका हुन्। उनको एकधुर पनि जमिन छैन। २० वर्षअघि चन्द्रनिगाहपुर बजारस्थित सिनेमा हलमा काम गर्दा जादो र धनमाया मोक्तानबीच प्रेम बसेको थियो। त्यसपछि विवाह भयो। धनमायाबाट २ छोरी र एक छोराको जन्म भयो।

Advertisement

तीन महिनाअघि जादोलाल र धनमायाबीच सम्बन्ध विच्छेद भयो। धनमाया रोजगारीका लागि साउदी अरब गइन्। सम्झना ७ कक्षा पढदै गर्दा बीचमै छाडिन्। सुस्मिता भने जनज्योति माविमा कक्षा ५ मा पढदै थिइन्। आमाले छाडे पनि उनीहरूलाई बुवाले सँगै राखेका थिए। लालनपालन जादोलालले नै गर्थे। धनमायासित सम्बन्ध विच्छेद पछि जादोलालले केही समयअघि महोत्तरीकी पर्मशिलासित मागी विवाह गरे।

घरमा जादोलालका बुवा सुकदेव दास एक्लै बस्थे। नातिनीको मृत्युले उनी समेत बोल्न सकेका छैनन्। ‘जीवनमा कहिले नभोगेको घटना भयो,’ उनले भने, ‘छिमेकी नै पापी भएर निस्कियो।’

Advertisement

उनी घरमा एक्लै टोलाइरहेका थिए। छोराबुहारी घाइते नातिनीको हेरचाहका लागि कीर्तिपुर अस्पताल गएका थिए। घटनापछि दुवैको उपचारमा समस्या भएको थियो। आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई समस्या भएको हो। उपचारका लागि स्थानीयले चन्दा उठाए। स्थानीय प्रशासनले केही रकम सहयोग गरेको थयो। सम्झनाको शरीरका धेरै भाग र अनुहारमा बढी एसिड परेको थियो। उनको २ पटक शल्यक्रिया गरिएको थियो ।

भद्र स्वभावकी सम्झना

जादोलालकी जेठी श्रीमती धनमायाकी जेठी छोरी हुन् सम्झना। उनी निकै भद्र थिइन्। अरूलाई हत्तपत्त केही नभन्ने दयालु स्वभावकी थिइन्। सुस्मिता र सम्झना पनि एकअर्काप्रति एकदमै मिल्ने थिए। दुवै साथी जस्तै व्यवहार गर्थे। कतै घुम्न जाँदा दिदीबहिनी सँगै जान्थे। आर्थिक अभावका कारण उनले बीचमै पढाइ छाडेकी थिइन्। उनको गाउँकै एक युवकसित प्रेम बसेको थियो। उनी अहिले विदेश छन्।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top