जटिल रोगका औषधि उत्पादन गर्नेलाई सुविधा दिन्छौं : स्वास्थ्यमन्त्री

१५ पुस ७४, आइतबार

काठमाडौँ, पुस १६
सरकारले औषधिमा आत्मनिर्भर हुन स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने तयारी गरेको छ । औषधिमा भइरहेको आयातलाई विस्थापन गर्दै ब्यापार घाटा कम गर्न सहुलियत दिने सरकारको तयारी छ । स्वास्थ्यमन्त्री दीपक बोहराले आईसीयु तथा मुटु बिरामीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्नेलाई सरकारी सुविधा दिने जानकारी दिए ।

‘नेपाली औषधि उत्पादकलाई सरकारले सहुलियत दिने भनिसकेको छ,’ औषधि व्यवसायी संघ बागमतीको साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘तर गुणस्तरीयतामा कम्प्रोमाइज गर्न पाउनुहुन्न ।’

मन्त्री बोहराले स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन दिंदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने जानकारी दिए । ‘कतिपय नीतिगत कुराहरु हामीले गरिरहेका छौं,’ उनको भनाइ थियो, ‘आगामी सरकारले त्यसलाई भत्काउन सक्दैन ।’

Advertisement

मन्त्री बोहराले मिर्गाैला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक ५ हजार रुपैया“का दरले दिने भनिएको जिविकोपार्जन भत्ता सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमबाटै पुग्ने दाबी गरे । ‘कार्यविधिमै सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने भनिएको छ,’ उनले भने ।नेपालमा करिव १८ हजार बिरामी मिर्गाैला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीबाट पीडित रहेको तथ्यांक छ ।

नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारले सहयोगी भए औषधि धेरै सस्तो गर्न सकिने धारणा राखे । उनले भने, ‘औषधि सस्तो गर्न नारामात्रै होइन, सरकार र व्यवसायीबीच समझदारीको वातावरण हुनुपर्छ ।’

औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले नेपाल औषधिमा ४० प्रतिशतमात्रै आत्मनिर्भर रहेको बताउदै नेपाली औषधिहरुको गुणस्तरीयतामा कसैले प्रश्न उठाउन नसक्ने दाबी गरे ।

औषधि व्यवसायी संघ बागमतीका अध्यक्ष निरञ्जनप्रसाद रिसालले आत्मनिर्भरताका नाममा गुणस्तरीयता र मूल्यमा भने सम्झौता गर्न नहुने धारणा राखे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top