जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी

१९ फागुन, काठमाडौँ । नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ ।

यि दुई शहरलाई जोड्ने गरी निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । सहजीकरणका लागि प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।

अयोध्या उडानमा उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथको समेत चासो रहेका कारण अयोध्यातर्फ अनुमति प्राप्त हुने विश्वास कम्पनीको छ ।अयोध्यामा भारतले राम मन्दिर बनिरहेको छ, जनकपुर सीताको माइती शहर हो ।

Advertisement

कम्पनीले यसअघि काठमाडौंबाट वनारासका लागि सिधा उडान गरिरहेको थियो । यो रुटको उडान लकडाउन र प्रतिवन्धपछि झिकिएको थियो । त्यसअघि बुद्धले कलकत्ता उडानमा समेत हात हालेको थियो । यो रुटमा अपेक्षित सफलता प्राप्त भएन । तर, जनकपुर–अयोध्या उडानमा भने पर्याप्त यात्रु पाउने अपेक्षा कम्पनीको छ ।

बुद्ध एयरका अनुसार जनकपुरबाट अयोध्या उडान ५० मिनेटको हुने भएको छ । आन्तरिक तयारी शुरु भएको र अयोध्यामा आन्तरिक विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेका कारण निकट भविष्यमा यस रुटमा उडान गरिने कम्पनीले जनाएको छ ।

Advertisement

भारतले नै बनाएको रामायण सर्किटको एक महत्वपूर्ण अंश जनकपुर पनि हो । यसले समेत भारतयि र नेपाली पर्यटकलाई सेवा दिन सहज हुने कम्पनीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top