जनताको भन्दा किन चीनको विश्वास गर्छ सरकार ?

९ असोज, काठमाडौँ ।
चीनले अतिक्रमण गरेको नेपाली सीमा अतिक्रमणको विषय यतिबेला आलोचना र चर्चाको विषय बनेको छ ।

हुम्लाका स्थानीय तथा स्थानीयतहका अधिकारीहरूले विगतमा आफूहरूले उपभोग गरिरहेको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा चिनियाँ पक्षले यस वर्ष नौसहित ११ वटा भवन बनाएको बताएपछि यसै साता हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययन गर्यो । सो अध्ययनको विवरण आउन बाँकि नै रहेको बताइएको छ ।

यता काठमाडौंस्थित चिनियाँ दूतावासले भने नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको र ती भवनहरू चिनियाँ भूमिमा नै बनेको दाबी गरेको छ । उसले सीमाक्षेत्र नजिकै आफ्नो देशको भूमिमा निर्मित भवनहरू स्थानीय बासिन्दाका लागि भएको बताएको छ ।

Advertisement

नेपाली भूमि अतिक्रमण गरेको भन्दै चिनियाँ दुतावास अगाडी नेपाली युवाहरुले नाराबाजी समेत गरे । तर बुधवार नेपालको परराष्ट्र मन्त्रालयले ती भवनहरू नेपाली भूभागमा नबनेको सरकारी अभिलेखहरूले प्रमाणित गरेको जनाएको दियो । मन्त्रालयका अनुसार उक्त स्थानमा भवन बनाइएका समाचार प्रकाशनमा आएपछि विक्रम संवत् २०७३ सालमा नेपालको अन्तरमन्त्रालय टोलीले स्थगलगत अध्ययन गरी सीमाभन्दा करिब एक किलोमिटर भित्र चिनियाँ भूभागमा भवन बनेको निष्कर्ष निकालेको थियो ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले ‘सीमा मिचिएको छैन’ भन्ने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको प्रतिक्रियालाई हतारको टिप्पणी भएको आरोप लगाएको छ । विहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सरकारले यसबारे टिप्पणी गरेको बताएका हुन् । प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसको आरोप छ ।

Advertisement

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो–होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई पनि सरकारले हेक्का नराखेको प्रवक्ता शर्माले बताएका छन् । सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने आफूहरुको बुझाइ रहेको कांग्रेसले बताएको छ ।

लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ बुधबार भेटिएको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएका छन् । जमिनका आफनो बाल्यकालदेखि देखिआएको, भोगचलन गर्दे आएका स्थानीय भनिरहेका छन , नेपाली भूभागमा चीनले अतिक्रमण गरेर भवन बनाएको छ। तर नेपाल सरकार भन्छन चीनले नेपालको भूभाग मिचेकै छैन । सरकार र स्थानीयमा कसैले त झुटो बोलिरहेको छ भन्नेमा अब प्रष्ट छ । यसका लागि पर्याप्त स्थलगत अनुगमन र अनुशन्धानको आवश्यकता छ ।

काठमाडौँमा बसेर अध्ययन टोली नफर्की सरकारले दावी गर्नुभन्दा स्थानीयले के का आधारमा कसरी दावी गरिरहेका छन् ।त्यस विषयलाई गम्र्भितामा राखी सुक्ष्मकोणबाट अनुगमन गरिनु पर्दछ । शक्ति र सम्बन्ध बिग्रने डर छन भने त्यसलाई त्यागेर आफ्नो जमीनको स्पष्ट रेखाङकन गरी सुरक्षा गर्न सरकारले खुट्टा नकमाओस् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top