जनता र ग्लोबल आईएमईको मर्जर प्रक्रियाले सार्थकता पाउँदै, दुवै बैंकले साधारणसभा बाेलाए

८ कात्तिक ७६, शनिबार

९ कात्तिक, काठमाडौँ ।

 ग्लोबल आईएमई बैंक र जनता बैंकबीचको मर्जर प्रक्रिया सार्थकता उन्मुख देखिएको छ । मर्जरका लागि अन्तिम सम्झौता भई दुवै बैंकहरुले साधारणसभा समेत बोलाएसँगै ती बैंकहरुबीचको मर्जरले सार्थकता पाउन लागेको हो । दुवै बैंकहरुबीच यसअघि भएको सहमति अनुसार ग्लोबल आईएमई बैंक र जनता बैंकबीच तय भएको १००ः८५ अनुपातको स्वाप रेसियोलाई दुवै बैंकको डीडीए रिपोर्टले समेत साथ दिएसँगै प्रारम्भिक सम्झौताबमोजिम नै मर्जरका लागि अन्तिम सम्झौता भएको हो ।

दुवै बैंकहरुले मंसिर २ गते साधारणसभा बोलाएका छन् । साधारणसभामा बैंकको लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदनका अतिरिक्त प्रस्तावित नगद लाभांश र बोनस शेयर प्रस्ताव पारित गर्ने र मर्जरसम्बन्धी सञ्चालक समितिले गरेको सम्झौता अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ ।

Advertisement

ग्लोबल आईएमई बैंक २५.५ प्रतिशत लाभांश घाेषणाा गरिसकेकाे छ जसमध्ये १२.५ प्रतिशत नगद र १२.५ प्रतिशत बाेनस शेयर दिने प्रस्ताव गरिएकाे छ । त्यस्तै जनता बैंकको साधारणसभामा यसअघि बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ६ प्रतिशत बोनससहित १२ प्रतिशत लाभांश प्रस्ताव पेश हुनेछ । घोषणा भएको उक्त बोनसपछि हुन आउने शेयर संरचनामा दुई बैंकहरुबीच तोकिएको १००ः८५ अनुातमा मर्जरमा जाने प्रस्तावसमेत पारित हुनेछ ।

साधारणसभाका लागि जनता बैंकले कात्तिक १४ गते तथा ग्लोबल आईएमई बैंकले कात्तिक २२ गते बुकक्लोजको मिति तोकेका छन् । ग्लोबल आईएमईको लाभांशका लागि कात्तिक २० गतेसम्म आफ्नो नाममा शेयर कायम हुनुपर्नेछ भने जनता बैंकको भने बिहीबारसम्म शेयर कायम भएका शेयरधनीले मात्रै साधारणसभामा सहभागिता जनाउन र बोनसमा हिस्सा पाउनेछन् ।

Advertisement

मौद्रिक नीतिभन्दा अघि नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम ‘बिग मर्जर’को प्रयासस्वरुप गत असार २२ गते ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरमा जाने प्रारसम्भक समझदारी भएको थियो । मौद्रिक नीतिले मर्जरमा जाने बैंकहरुका लागि आकर्षक सुविधा नदिए पनि ती बैंकहरुले पूर्व सहमति अनुसार मर्जर प्रक्रियालाई निरन्तरता दिएका थिए ।

नेपाल राष्ट्र बैंकले गत असोज ८ गते दुई बैंकहरुबीचको सहमतिको लागि प्रारम्भिक स्वीकृति दिएको छ । दुवै बैंकले मर्जर प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिनेछ त्यसपछि दुई बैंकबीच एकीकृत कारोबार हुनेछ ।

बुकक्लाेज नभई जनता बैंककाे काराेबार नहुने

जनता बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा र बुकक्लोजको मिति तय गर्यो । तर जनताले घोषणा गरेको बुकक्लोजको मितिसम्म दोस्रो बजार भने खुल्ने छैन ।

शनिबार नियमित बिदा भएकोले नेपाल स्टक एक्सचेञ्जको कारोबार हुने छैन भने आइतबारदेखि मंगलबारसम्म तीन दिन तिहारका लागि सार्वजनिक बिदा हुनेछ । बुधबार पनि नेवार समुदायको भाइटीका परेकोले सो दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरिसकेको छ । यसैले साधारणसभा आह्वान गरेपछि जनताका शेयरधनीहरु कारोबारको अवसरबाट वञ्चित भएका छन् । ग्लोबल आईएमईले भने कारोबारका लागि एक साताको समय दिएको छ । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top