जनस्वास्थ्य संघमा निर्वाचन लाग्यो, प्रगतिशील समूह प्रचारमा

विराटनगर, असोज ६

यही असोज १३ गते हुने नेपाल जनस्वस्थ्य संघ नेपालको केन्द्रीय निर्वाचनको लागि उम्मेदवारी दिएको प्रगतिशिल समहूले शनिबारबाट अन्तरक्रिया कार्यक्रमको प्रारम्भ गरेको छ ।

सात वटै प्रदेश र काठमाडौँसहित गरी ८ स्थानमा मतदान हुने भएकोले सबै ठाउँमा आफनो एजेन्डा सुनाउँदै कार्यक्रम गर्ने योजना बनाएको प्रगतिशिल समूहले बिराटनगरबाट अन्तरक्रिया कार्यक्रमको प्रारम्भ गरेको हो ।

Advertisement

अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार डा. मोहन श्रेष्ठले जनस्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धी गर्न सदैबलागि पर्ने बताए । दक्ष जनस्वास्थ्यकर्मी उत्पादन गर्न समयसापेक्ष पाठ्यक्रम विकास गरि पहल गर्न आफू लागि पर्ने उनको भनाई थियो ।

नेपाल जनस्वास्थ्य संघको निर्वाचनमा दुई वटा प्यानल बनेको छ । नेपाल कम्यूनिष्ट पार्टी निकटका स्वास्थ्यकर्मीहरुले प्रगतिशल समूह बनाएर डा. मोहन श्रेष्ठको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने काङ्ग्रेस निकटका स्वास्थ्यकर्मीहरुले श्रीकृष्ण भट्टको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेर चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

Advertisement

प्रगतिशिल समूहबाट जनस्वास्थ्य संघको अध्यक्षमा डा. मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्षमा सुर्दशन पौडेल, महासचिबमा चित्रजंग शाही, कोषाध्यक्षमा रमेश भट्ट, सचिब दिपेन्द्र खड्का, सहकोषाध्यक्षमा नरेन्द्रकुमार झाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सोही समूहबाट सदस्यहरुमा केशव चापागाई, कैलाश तिम्सिना, कमल रानाभाट, कैलाश खाकी श्रेष्ठ, बसन्त देवकोटा, वीरेन्द्रकुमार सिंह, दुर्गा बजगाई र प्रजिता मालीले उम्मेदवार दिएका छन् ।

प्रष्ट बिचार, आफ्नो एजेण्डा संघ भित्र लागू गर्न सक्ने क्षमता भएका उम्मेदारहरु प्रगतिशील समूहमा भएकाले श्रेष्ठ नेतृत्वको कार्य समितिको प्यानललै निर्वाचित हुने जनस्वास्थ्य संघमा सदस्यबाट उम्मेद्वारी दिएका कैलाश खाकी श्रेष्ठले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top