जब बिरामी लिएर आएको एम्बुलेन्स हिलोमा फस्यो…

२५ भदौ ७७, शुक्रबार

२६ भदाै, बाग्लुङ ।

बुर्तिबाङस्थित उत्तरगङ्गा माविका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल केही दिनअघि अचानक बेहोस भई विद्यालय प्राङ्गणमै लडे । स्वास्थ्य स्थिति गम्भीर बनेकाले उनलाई तुरुन्त सुविधायुक्त अस्पताल पु¥याउनुपर्ने थियो । साँझ छिपिइसकेकाले तत्काल हेलिकप्टर बोलाउन सम्भव भएन । एम्बुलेन्समा राखेर पौडेललाई रातारात पोखरा हिँडाइयो ।

वर्षात्ले क्षतविक्षत पारेको सडक त्यहीँमाथि रातको समय । बुर्तिबाङ–बाग्लुङ ९० किमि पार गर्न एम्बुलेन्सलाई घण्टौँ लाग्यो । घडीमा बिहानको ३ बज्दै थियो । एम्बुलेन्स बाग्लुङ नगरपालिका–३ बोक्से आइपुग्दा मध्यपहाडी लोकमार्गको हिलोमा एक्कासी फस्यो ।

Advertisement

एम्बुलेन्सले हिलाम्मे सडक छिचोल्न सकेन । आकस्मिक उपचारका लागि बिरामी लिएर आएको एम्बुलेन्स तीन घण्टा त्यहीँ रोकियो । बिरामी लिएर आएका आफन्त अत्तालिए । बिरामीलाई बेलैमा अस्पताल पुर्याउन नसकिने हो की भन्ने चिन्ताले पिरोलिए ।

पौडेलसँगै साथमा आएका निसीभूजी जनता क्याम्पसका अध्यक्ष चन्द्र अर्यालले प्रहरीलाई खबर गरे । बिरामीको उद्धारका लागि बाग्लुङ बजारबाट अर्को एम्बुलेन्स पठाइयो । सोही एम्बुलेन्समा राखेर पौडेललाई सदरमुकाम ल्याइयो । त्यतिञ्जेल उज्यालो भइसकेको थियो ।

Advertisement

पौडेललाई जतिसक्दो छिटो पोखरा पुर्याउनुपर्ने थियो । बोक्सेबाट उनलाई बोकेर ल्याएको एम्बुलेन्समा अक्सीजन थिएन । सोही कारण पौडेललाई झण्डै एक घण्टा थप सकस भयो । पछि बुर्तिबाङबाटै आएको एम्बुलेन्सलाई हिलोबाट तानेपछि पुनः त्यसैमा राखेर उनलाई पोखरा लगियो ।

पोखरामा उपचार हुन नसकेपछि पौडेललाई भदौ १७ गते बेलुकीपख बल्ल हेलिकप्टरबाट काठमाडौँको मेडिसिटी अस्पताल पुर्याइयो । “सडकका कारण सारै दुःख पाइयो, गम्भीर अवस्थाको बिरामी बोकेको एम्बुलेन्स घण्टौँसम्म हिलोमा फस्नु कस्तो बिडम्वना”, अर्यालले भने ।

यात्रामा निम्तिएको त्रास र जोखिमबीच पौडेललाई काठमाडौँ पुर्याइएको उनको भनाइ छ । मस्तिष्कको नशासम्बन्धी समस्याबाट ग्रसित भएका पौडेलको अहिले पनि सघन कक्षमा उपचार भइरहेको अर्यालले बताए । “स्वास्थ्य अवस्था सुधारोन्मुख छ, सामान्य मानिस चिन्ने, बोल्न सक्ने हुनुभएको छ”, उनले भने ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन गोपालरमण शर्मासहित चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले मस्तिष्कको शल्यक्रिया गरेका थियो । स्तरीय सडक हुन्थ्यो भने पौडेललाई समयमै अस्पताल पु¥याउन सक्ने स्थिति हुन्थ्यो । यात्रा पनि सहज बन्थ्यो ।

बाग्लुङ–घोडाबाँधे खण्डको बोक्सेमा यो वर्षायाममा मात्रै कैयौँपटक सडक अवरुद्ध भयो । वर्षेनि खस्ने पहिराका कारण त्यहाँको सडक दुरावस्थामा पुगेको छ । सदरमुकामसँग जोडिएको उक्त खण्ड मार्ग खुलेको २२ वर्ष पुग्न लाग्दासमेत कालोपत्र हुने सकेको छैन । कमेरे माटो र पानीको दलदलले बोक्सेमा सवारी चलाउन सहज छैन ।

लोकमार्गको बागलुङतर्फ मात्र नभई पोखरा जोड्ने सडकमा पनि उस्तै सास्ती खेप्नुपर्ने स्थिति छ । जीर्ण सडक त्यहीँमाथि ठाउँठाउँमा पहिरा, खाल्डाखुल्डी र हिलोको अवरोधले लोकमार्गको यात्रा कष्टकर बन्ने गरेको छ । सडकका कारण गम्भीर बिरामी घण्टौँ बाटोमै रोकिनु दुःखद् भएको बागलुङ–१ (क) का प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए ।

लोकमार्गको दुर्दशाले सर्वसाधारणसँग मुख देखाउन पनि लाज लाग्ने अवस्था भएको उनको भनाइ छ । “कैयौँ पटक बैठक बसेर लोकमार्गको कामलाई गति दिने निर्णय भयो, तर अवस्था जहाँको त्यहीँ छ”, उनले भने, “हामीले जति प्रयास गर्दा पनि सकेनौँ ।” अझै केही समय सडक त्यही हालतमा रहने हो भने जनप्रतिनिधिलाई नागरिकले घेरा हाल्ने स्थिति आउने उनको भनाइ छ ।

बागलुङ–१ का प्रतिनिधिसभा सदस्य सूर्य पाठकले निर्माण कम्पनीको लापरवाहीले लोकमार्गको त्यो स्थिति भएको बताए । उनले समयमा काम नगर्ने ठेकेदारलाई माथिबाटै कारवाही गरौँ भन्दा पनि नसकिएको बताए । पटकपटक ठेक्काको म्याद थपिँदा पनि निर्माण कम्पनीले काम नगरेको पाठकको आरोप छ ।

जिल्लाको पश्चिमतर्फ अधिकांश खण्ड कालोपत्र भइसक्दा सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किमि सडक अझै कच्ची छ । वर्षामा हिलो र हिउँदमा धुलोको दुश्चक्रबाट त्यस क्षेत्रका स्थानीयवासीले मुक्ति पाउन सकेका छैनन् । वर्षायाममा त लोकमार्ग झन् ‘बेहाल’ देखिन्छ । पहिरा छल्दै, हिलो छिचोल्दै यात्रा गर्नुपर्छ ।

लोकमार्ग आयोजना र निर्माण कम्पनीले कालोपत्रको आश्वासन दिन थालेको वर्षौँ बितिसक्यो । आयोजनाले काम ढिलो हुनुमा ठेकेदार कम्पनीमाथि दोष थोपर्दै आइरहेको छ । ठेकेदार कम्पनीले भने विभिन्न कारण देखाउँदै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएका छन् ।

बाग्लुङ बजारदेखि बिहुँसम्मको १३ किमिको ‘सिद्वीटाई कन्सट्रक्सन’ र ‘सूर्य कन्सट्रक्सन’ लाई घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा छ । दुवै खण्डमा छिटपुट रुपमा सडक विस्तार, नाली, पर्खाललगायतका पूर्वाधार तयारीका काम भएपनि ती पनि भत्कीसकेका छन् ।

अहिले फेरि न्यून सङ्ख्यामा कामदार निर्माणमा खटिएका देखिन्छन् । काम कहिले सकिन्छ कुनै टुङ्गो छैन । निर्माण कम्पनीले आउँदो वर्षसम्ममा कालोपत्र गर्ने आश्वासन पुनः दोहोराउन थालेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको १४२ किमि दूरी बाग्लुङमा पर्छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top