जलवायु परिवर्तन विरुद्ध ‘ग्लोबल क्लाइमेट स्ट्राइक’ सुरु

३ असोज, एजेन्सी । जलवायु परिवर्तन विरुद्ध सरोकारवाला निकायलाई प्रभावकारी कदम चाल्न घचघच्याउने उद्देश्यसहित शुक्रबार ‘ग्लोबल क्लाइमेट स्ट्राइक’ सुरु भएको छ ।

 

Advertisement

प्रशान्त महासागर आसपास र सो क्षेत्रका आइल्याण्डहरुमा शुक्रबार ग्लोबल क्लाइमेट स्ट्राइक सुरु भएको हो । न्युजिल्याण्ड, अस्ट्रेलिया हुँदै अमेरिकाको लस एन्जलससम्मका क्षेत्रमा विशेष गरी स्कूले विद्यार्थी र युवाहरु प्रदर्शनमा सहभागी भएका छन् ।

शुक्रबार दिनभरजसो प्रशान्त क्षेत्रमा प्रदर्शन हुने छन् । जलवायु परिवर्तन विरुद्धको अभियानमा सक्रिय स्वीडिस ग्रेता थुनबर्गको पहलमा प्रदर्शन सुरु भएको हो ।

ग्रेताले अमेरिकाको न्युयोर्कमा हुने प्रदर्शनको नेतृत्व गर्ने छिन् । उनी हाल अमेरिकामा छिन् र उनले स्वीडेनबाट अमेरिकासम्मको यात्रा आन्ध्र महासागर हुँदै तय गरेकी हुन् । त्यस क्रममा उनले शून्य कार्बन उत्सर्जन गर्ने सानो आकारको डंगाको प्रयोग गरेकी थिइन् ।

विश्वव्यापी रुपमा हुने प्रदर्शनमा एक लाख ५० हजार भन्दा बढी मानिसको सहभागिता हुने अपेक्षा आयोजकको छ । प्रदर्शनका आयोजकले जीवाश्मबाट बन्ने इन्धन (कोइला, ग्यास, तेल) सहितको प्रयोग अन्त्य गरिनु पर्ने तथा सबैका लागि जलवायु न्यायको माग गरेका छन् ।

अमेरिकाको लस एन्जलसका ११ लाख भन्दा बढी विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुनका लागि विद्यालय अनुपस्थित हुन छुट दिइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top