जसपामा कसरी तल झर्‍यो पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको वरीयता ?

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) आइतबार निर्वाचन आयोगमा दर्तासँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको वरीयता तल झरेको छ। पार्टीमा तीन अध्यक्ष रहने सहमतिसँगै आइतबार निर्वाचन आयोगमा दल दर्ता भएर कानुनी मान्यता पाए पनि पार्टीभित्रको वरीयता विवाद भने टुंगिएको छैन।

आयोगमा बुझाएको दस्ताबेजअनुसार जसपाको पहिलो वरीयतामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर रहने भएका छन् भने दोस्रो वरीयतामा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्। पार्टीभित्र यादव र ठाकुर दुवै कार्यकारी अध्यक्ष रहने सहमति भएको छ।

आइतबार वरीयता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको हो। निर्वाचन आयोगमा दर्ता गर्नुअघि डा. भट्टराईलाई दोस्रो वरीयताको अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा पुग्दापुग्दै उनी एकैपटक चौथो नम्बरमा झरेका हुन्। उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राईभन्दा तल अर्थात् चौथो क्रमको वरिष्ठ नेता भनिएको छ।,यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Advertisement

उनलाई संघीय परिषद्को अध्यक्ष भनिएको थियो। तत्कालीन समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई भने चौथो वरीयतामा रहे पनि यो मिल्दै जाने प्रक्रियाअन्तर्गत रहेको जानकारी नेताहरूले दिएका छन्।

उनलाई संघीय अध्यक्ष बनाउने सहमति भने पार्टीभित्र कायमै छ। यसअघि उनलाई पहिलो वरीयतामा राखिएको थियो। तर, दल दर्ताअघि भएको वरीयता विवादका कारण भट्टराईलाई चौथो वरीयतामा झारिएको एक सदस्यले जानकारी दिए। शनिबार र आइतबार चलेकोे छलफलपछि पार्टी दर्ता गर्न निर्वाचन आयोग पठाइएको हो।

Advertisement

कार्यसमिति र केन्द्रीय नेतृत्वको वरीयतामा सहमति गरेर कागज तयार गर्दा ठाकुर, भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा दर्ता गर्दा डा. भट्टराईलाई अशोक राईपछिको वरिष्ठ नेता बनाइएको जसपाका नेताहरूले बताए। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम छ। उनलाई संसदीय दलको नेता पनि बनाउने सहमति भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top