जसपालाई सरकारमा सहभागी हुन ओलीको प्रस्ताव, तत्काल सहभागी नहुने जवाफ

३१ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन प्रस्ताव राखेका हुन् । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग भने ओलीले छलफल गरेका छैनन्। भट्टराई र यादव ओलीलाई हटाउन चाहान्थे भने ठाकुर र महतो ओलीकै निरन्तराको पक्षमा छन्।

सरकारमा सहभागी हुन प्रस्ताव आए पनि आफूहरूको एजेण्डा सम्बोधन नभइ सरकारमा नजाने ठाकुर–महतो निकटकी सांसद एवम् जसपा कार्यकारिणी सदस्य चन्दा चौधरीले जानकारी दिइन्।

Advertisement

‘संविधान संशोधनका लागि मस्यौदा समिति, नेता कार्यकर्ताको रिहालगायतका एजेण्डाको सम्बोधन हाम्रो मुख्य उद्धेश्य हो,’ चौधरीले भनिन्, ‘हामी सरकारमा गयौं भने पनि एक डेढ महिनापछि जान्छौं। त्यति बेलासम्म हाम्रा माग पुरा हुने चरणमा हुनुपर्छ। अन्यथा हामी सरकारमा जादैनौं।’

जसपाको ठाकुर र महतोले ओलीको निरन्तरता चाहेकै कारण वैकल्पिक सरकार बन्न नसकेको हो। वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राति ९ बजेसम्मको समय दिएकी थिइन्। जसपाको भट्टाराई–यादव पक्षले बैकल्पिक सरकारका लागि प्रयास गरे पनि ठाकुर–महतोले आफूहरू तटस्थ बस्ने भनेर राष्ट्रपतिलाई जानकारीनै गराएका थिए।

बैकल्पिक सरकार बन्न नसकेसँगै राष्ट्रपति भण्डारीले ओलीलाई ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गरेकी हुन्। ओलीले आजै प्रधानमन्त्रीको सपथ लिदैछन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top