जसपा प्रदेश २ का मुख्य सचिव शम्भु झाले दिए राजीनामा

२३ असोज ७८, आइतबार

४ असोज, जनकपुरधाम ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का मुख्य सचिव शम्भु झाले पार्टीको कुने पनि जिम्मेवारीमा नरहने भन्दै राजीनामा दिएका छन्।

उनले जसपामा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकाले सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएको झाले बताएका छन्। उनले आफू बाँचुन्जेल अन्य कुनै पार्टीमा नजानेसमेत स्पष्ट पारेका छन्।

Advertisement

उनी ५ वर्ष २ महिनादेखि सो जिम्मेवारीमा थिए। उनले आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋणी रहिरहने पनि बताएका छन्।

प्रदेश समिति समायोजनका सन्दर्भमा जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएका छन्। सोही अवसरमा झालेले अध्यक्ष यादवसमक्ष राजीनामा दिएका हुन्।

Advertisement

अध्यक्ष यादवले तत्कालीन राजपाबाट जसपामा आएकालाई समेत समेटेर आज (शनिबार) प्रदेश समिति घोषणा गर्ने कार्यक्रम छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top