जातीय विभेदविरुद्धको प्रदर्शन हिंसात्मक भएको भन्दै तत्काल रोक्न ट्रम्पको निर्देशन

३० जेष्ठ, काठमाडौं । अमेरिकामा जारी जातीय विभेदविरुद्धको प्रदर्शनको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् ।

आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपति ट्रम्पले जातीय विभेदविरुद्ध भएका प्रदर्शनहरु हिंसात्मक भएको भन्दै तत्काल रोक्न निर्देशन समेत दिएका छन् ।

उनले आफूले अमेरिकी नागरिकका लागि राम्रो काम गरेकाले तोडफोड र आगजनीका घटनाहरु नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

Advertisement

दुई हप्ताअघि अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोइडको प्रहरीले नियन्त्रणमा लिने क्रममा हत्या गरिएको भन्दै सर्वत्र विरोध भइरहेका बेला राष्ट्रपति ट्रम्पले ती प्रदर्शनहरु न्यायका लागि नभइ हिंसात्मक भएको जिकिर गरेका हुन् ।

डलासमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मीलाई अझ सुविधसम्पन्न बनाउन थप लगानी गर्ने बताए ।

Advertisement

केही विपक्षीले देशलाई विभाजन गर्न उठाएको जातीय नाराको विपक्षमा आफू रहेको भन्दै उनले त्यसलाई पूरा हुनै नदिने प्रतिवद्धता व्यक्त गरे ।

पछिल्ला दिनहरुमा जर्ज फ्लोइड हत्या प्रकरणलाई लिएर राष्ट्रपति ट्रम्पका अभिव्यक्तिले विपक्षी दल र अमेरिकी नागरिक आन्दोलित भएका छन् ।

उनीहरुले राज्यले नै विभेद गरेको भन्दै विरोध गरिरहेका हुन् । जातीय र रंगभेदविरुद्ध अमेरिका मात्र नभई विश्वभर नै प्रदर्शनहरु भइरहेका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपतिहरुले देखाएको सहानुभूति र ट्रम्पका अभिव्यक्तिले हिंसा भड्काउने खालका भएको कतिपय विश्लेषकहरुले बताएका छन् ।

उनीहरुले ट्रम्पकै अभिव्यक्ति र कार्यशैलीले अमेरिकालाई जातीय विभेदमा विभाजन गर्न खोजेको टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top