जापानद्वारा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद स्थगित

११ असार ७७, बिहीबार
Share this
737shares

११ असार, टोकियो।

Advertisement

जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिदसम्बन्धी एक सम्झौता स्थगित गरेको छ । जापान सरकारले हाल उक्त कार्यक्रम नै स्थगित भएको जनाउँदै खरिद कार्य रोक्ने निर्णय गर्नुपरेको जनाएको छ ।

एजिस एशोर प्रतिरक्षा प्रणाली जापानका दुई स्थानमा तैनाथ गर्ने कार्यक्रम यसअघि घोषणा गरिएको थियो, तर यो प्रणाली निकै महँगो र आवश्यक नरहेको भन्दै विवादमा तानिएको थियो ।

Advertisement

क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट सिर्जना हुने जोखिमका बारेमा स्थानीयबासीले निरन्तर दबाव दिएपछि जापान सरकारले उक्त प्रणाली तत्काल खरिद नगर्ने निर्णय गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।

जापानका रक्षामन्त्री तारो कोनोले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीको एक बैठकमा भने, “राष्ट्रिय सुरक्षा परिषद्ले यसका बारेमा छलफल गरेको छ, र अकिता एवम् यामागुचीमा एजिस एशोर क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नराख्ने निर्णय भएको छ ।”

Advertisement

सरकारले शुरुमा यो प्रतिरक्षा प्रणाली रहने क्षेत्रका मानिसलाई उनीहरूका घरहरूमा कुनै पनि क्षेप्यास्त्र नखस्ने भन्दै आश्वस्त बनाएको थियो । तर गत साता उक्त अत्याधुनिक प्रणाली स्थगित गरेको घोषणा गरिएको थियो । रक्षामन्त्री कानोले यो हार्डवेयर जडान गर्न निकै समय र लागत दुवै लाग्ने बताएका छन् ।

सन् २०१७ मा स्वीकृत भएको एजिस एशोर प्रणालीका लागि जापानले चार अर्ब २० करोड अमेरिकी डलर खर्च गर्न लागेको थियो । यो खर्च ३० वर्षका लागि हो । तर यसको लागत समयक्रममा अरु बढ्ने अनुमान गरिएको थियो । खासगरी उत्तर कोरियाले क्षेप्यास्त्र प्रणाली सुधार गरेपछि जापानले नयाँ अमेरिकी हतियार खरिद गर्ने प्रस्ताव अघि सारेको थियो । साथै, अमेरिकासँगको सम्बन्ध अझ सुदृढ बनाउन पनि यो हतियार किन्ने चाहना जापानले राखेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गठबन्धनका मुलुकहरूलाई अमेरिकी हातहतियारसमेत अमेरिकी सामग्री बढी खरिद गर्न निरन्तर आग्रह गर्दै आएका थिए । जापानका प्रधानमन्त्री शिन्जो आबेले गत साता एजिस एशोर प्रणालीको विकल्पमा अरु अमेरिकी सैन्य प्रणाली खरिद गर्ने बारेमा विचार गरिरहेको बताएका थिए ।रासस/ एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top