जापानमा बाढीपहिरोमा परी १६ जनाको मृत्यु, १३ जना अझै बेपत्ता

२१ असार ७७, आइतबार
Share this
707shares

२१ असार, एजेन्सी । जापानमा भारी वर्षापछि आएको बाढीपहिरोमा परी १६ जनाको मृत्यु भएको छ ।

Advertisement

भारी वर्षाका कारण क्युसुको दक्षिणी टापुमा आएको बाढीपहिरोले आइतबार १६ जनाको मृत्यु भएको समाचार संस्था एनएचकेले जनाएको छ।

Advertisement

साथै १३ जनाअझै बेपत्ता छन् भने १७ जना अचेत अवस्थामा छन्।

पहिरो गएपछि स्थानीयहरूले आफ्नो घरमा पसेका माटो निकालिरहेको देखिएको थियो । त्यस्तै सेनाले बेपत्ता हुनेहरूको खोजी गरिरहेको छ ।

Advertisement

त्यहाँको मौसम विभागले भने आइतबार साँझ पुनः भारी वर्षा हुने पूर्वानुमान गरेको छ । साथै पहिरो जाने जोखिमसमेत उच्च रहेकोले सतर्कता अपनाउन भनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top