जापान, मरिसस र इजरायलसँग श्रम सम्झौता मात्र, जान पाएनन् कामदार

Share this
744shares

११ चैत, काठमाडौँ । रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरे पनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया सुरु नहुँदा सम्झौतामाथि नै प्रश्न उठेको छ । कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै प्रश्न उठेको हो ।

Advertisement

‘सरकारले रोजगारीका लागि इजरायल पठाउने घोषणा गरेपछि कहिले सुरु हुन्छ भनेर वैदेशिक रोजगार विभागमा सोध्न गइरहेको छु,’ रामेछापका जयन्त भण्डारीले भने, ‘विभागका कर्मचारी नै कहिले खुल्छ भन्न सक्दैनन् ।’

सरकारले केही महिनाअघि श्रम सम्झौता गरेको इजरायल मात्र होइन, दुई वर्षअघि सम्झौता गरेको जापान र मरिसस कहिले पठाउने हो, अन्योल छ ।

Advertisement

असोजमा इजरायलसँग अन्तिम श्रम सम्झौता गरेको सरकारले गत जनवरीदेखि इजरायलमा कामदार पठाउने घोषणा गरेकाले अहिले ठूलो संख्याका युवायुवती सोधीखोजीका लागि विभाग पुग्ने गरेका छन् । गत असोजमा इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच सरकारीस्तरमा श्रम सम्झौता भएको थियो ।

सोही सम्झौताका आधारमा सन् २०२१ को जनवरीदेखि नेपालबाट श्रमिक छनोट गरेर लैजाने प्रक्रिया अगाडि बढ्ने विभागले जानकारी दिएको थियो । त्यस्तै, नेपाल र जापानबीच २०७५ सालमा चैत १९ मा श्रमिक आपूर्तिबारे सहमति भएको थियो ।

Advertisement

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top