जाहेरी दर्ता गराउन गएका पीडित परिवारलाई नै प्रहरीले लाठीचार्ज गर्योः कांग्रेस

२९ असोज, सर्लाही । नेपाली कांग्रेसले सर्लाहीमा जाहेरी दर्ता गराउन गएकाहरूलाई प्रहरीले लाठीचार्ज गरेको बताएको छ ।

सर्लाही रामनगर गाउँपालिका ७ का महेन्द्र रामको गत असोज २२ मा हत्या भए पनि अहिलेसम्म प्रहरी प्रशासनले शव वीरगञ्जको नारायणी अस्पतालमा राखेको र जाहेरीसमेत दर्ता नगरेको विरोधमा बुधबार कांग्रेसले प्रदर्शन गरेको थियो।

पीडितलाई न्याय दिलाउन कांग्रेस सर्लाहीले शान्तिपूर्ण विरोध गरे पनि सुरक्षाकर्मीले लाठीचार्ज गरेको कांग्रेसले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।

‘मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाई एवं अन्य ३ महिला समेत घाइते भएका छन्,’ उनले निकालेको विज्ञप्तिमा भनिएको छ।

उक्त घटनामा संघीय संसदका सदस्यद्वय कांग्रेस जिल्ला सभापति नागेन्द्रकुमार राय र डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंहमाथि समेत प्रहरीले दुर्व्यवहार गरेको कांग्रेसको भनाइ छ।

दुई जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको पनि पौडेलले बताए।

‘दर्जनौं राउण्ड अश्रु ग्यास, हवाई फायर र लाठी चार्जका कारण कयौं व्यक्ति घाइते भएका छन्,’ उनले भने।

पक्राउ परेका व्यक्तिहरुलाई रिहाई गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न कांग्रेसले माग गरेको पौडेलले बताए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top