जिसान र अकिबको शतकमा ओमनद्वारा अमेरिकालाई २७७ रनको लक्ष्य

२७ माघ ७६, मंगलबार

२८ माघ, काठमाडौं ।
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा ओमानले अमेरिकालाई २ सय ७७ रनको कीर्तिमानी लक्ष्य दिएको छ । कप्तान जीशान मकसुद र उपकप्तान अकीब इलियासले शतक प्रहार गरेपछि अमेरिकाविरुद्ध बलियो योगफल तयार भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रन बनायो । ओमानले ओडीआईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । कप्तान जीशान मकसुद १ सय ९ बलमा १० चौका र ४ छक्का सहित १ सय ९ रनमा क्याच आउट भए । जीशान सौरभ नेत्रवालकरको ४७ औं ओभरको चौथो बलमा लङअलनमा ठूलो सट खेल्नेक्रममा स्टिभ टेलरबाट क्याच आउट हुन पुगेका थिए । जीशानले १ सय ३ बलमा आफ्नो ओडीआई करिअरको पहिलो शतक पुरा गरेका थिए ।

उपकप्तान अकीब इलियासले आफ्नो ओडीआई करिअरको लगातार दोस्रो शतक प्रहार गरे । अकीब १ सय २३ बलम ११ चौका र १ छक्का सहित १ सय ५ रनमा क्याच आउट भए । अकीब सौरभको ४९ औं ओभरको पहिलो बलमा करिमा गोरबाट क्याच आउट भएका थिए । अकीबले आफ्नो ओडीआई दोस्रो शतक १ सय १८ बलमा पुरा गरेका थिए । अकीबले नेपालविरुद्ध १ सय ९ रनको अविजित इनिङ खेलेका थिए ।

Advertisement

तेस्रो विकेटका लागि जीशान र अकीबले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेपछि ओमान विशाल योगफलमा पुगेको हो । ओमानबाट पहिलो पटक ओडीआईमा दोहोरो शतकीय साझेदारी भएको हो । यस अघि आइतबार नेपालसँग तेस्रो विकेटका लागि जीशान र अकीबलेनै १ सय ६७ रनको अविजित साझेदारी गरेका थिए । एकै इनिङमा ओमानबाट ओडीआईमा पहिलो पटक दोहोरो शतक बनेको हो ।

तीव्र गतिका बलर रस्टी थेरनको आठौं ओभरको तेस्रो बलमा ओपनर खावर अली एज लाग्दै विकेटकिपर अक्षय होमराजबाट १० रनमा क्याच आउट भए । अर्का ओपनर जतिन्दर सिंहलाई कप्तान सौरभ नेत्रवालकरले ९ रनमा आरोन जोन्सबाट क्याच गराए । मोहम्मद नदीम ५ र सन्दीप गौड १३ रन बनाए । अमेरिका कप्तान सौरभ नेत्रवालकरले १० ओभरमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए । रस्टी थेरनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top