जुन १ देखि अन्तर्राष्ट्रिय उडान सहज बनाउने तयारी

३ जेठ ७८, मंगलबार

४ जेठ, काठमाण्डौ ।

आउँदो जुन १ अर्थात् जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरू केही सहज बनाउने तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि बन्द भएको अन्तर्राष्ट्रिय उडानहरू स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गरी निश्चित देशहरूबाट कोटा तोकेर सञ्चालन गर्ने सोच बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

Advertisement

उनले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गर्दै जुन १ देखि उडानमा केही सङ्ख्यामा खोल्ने भन्ने मन्त्रालयको सोच छ, तर यो कुरा मन्त्रालयले मात्र निर्णय गरेर हुने चाहिँ होइन ।’नेपालमा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण फैलिएपछि सरकारले गएको वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडानमा रोकेको लगाएको हो ।

तर उडान लामो समय रोकिँदा विभिन्न देशमा नेपाली नागरिकहरू अलपत्र परेका छन् । देश अनुसार हप्तामा केही उडान भएमा पनि टिकट काटेर पनि घर फर्कन नपाएका नेपालीहरूलाई सहज हुनेछ ।

Advertisement

यस्तै सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्न अनुमति दिएको छ । तर नेपालमा रोकिएका भारतीय नागरिक लिएर साउदी अरब जाने नेपाली जहाजहरू रित्तै फर्कने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा १० वटा चार्टर्ड उडान गर्ने गरी आवश्यक कार्य गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसकेको छ । सरकारले नेपालस्थित भारतीय दूतावासबाट सिफारिस भएका भारतीय नागरिकलाई मात्रै साउदी लैजान अनुमति दिएको हो सहसचिव लामिछानेले जानकारी दिए ।

‘भारतीय दूतावासको अनुरोधमा अनुमति दिइएको हो, अहिलेलाई एकतर्फी भनिएको छ, तर उताबाट फर्कँदा यात्रु ल्याउन पाउने अहिले भनिएको छैन,’ उनले भने,‘विदेशबाट आएका नागरिकको व्यवस्थापन र स्वास्थ्यका मापदण्ड लगायतका कुरा स्वास्थ्य मन्त्रालयका साथै अन्य निकायबाट निर्णय नभएसम्म हामीले भन्न सकिने अवस्था छैन ।’

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा पनि एअर बबल सम्झौता अनुसार नेपाल र भारतबीच भने हप्तामा दुई वटा उडान भइरहेको छ ।

यी उडानमार्फत नेपाल फर्कंनेले १० दिन अनिवार्य सरकारले तोकेको होटेल क्वरेण्टीनमा बस्न पर्छ । तर अब अन्य देशबाट उडानहरू सञ्चालन भएमा मापदण्ड के हुने भन्ने निर्णय भइसकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top