जुम्लाको मार्सी र सिमी जापान पुग्यो, क्यानडामा पनि २० टन पठाउने तयारी

१६ फागुन, जुम्ला । जुम्लाको मार्सी चामल र सिमी जापानमा किन्न पाइने भएको छ। जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले व्यवसायिक रुपमा कर्णालीका खाद्यान्न जापान पठाएका हुन्।

पहिलो पटक ठूलो परिमाणमा कर्णालीका खाद्यान्न जापान पुगेको उनी बताउँछन्। राजका अनुसार १ टन सिमीको दाल, १ टन दाना सिमी, १ टन मासको दाल र १० किलो स्याउको चाना जापानी बजारमा पुगेको हो।

कर्णालीका उत्पादनले विस्तारै अन्तर्राष्ट्रिय बजार पाउन थालेकोमा उनले खुशी व्यक्त गरे।

Advertisement

‘उपहार र कोसेलीको रूपमा पहिले पनि जापान पुगेको थियो होला तर व्यावसायिक हिसाबले पहिलो पटक हो,’ उनले भने, ‘यसले व्यवसायमा अझै उत्साह थपेको छ।’

राजधानी टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठले सो परिमाणका सामान माग गरेका हुन्। जुम्ला घर अग्र्यानिक्सबारे नेपाली सञ्चार माध्यममा आएका समाचार पढेर जापानबाट माग आएको राज बताउँछन्।

Advertisement

’संचार माध्यमबाट हाम्रोबारे थाहा पाएरै जापानबाट अर्डर आएको हो। त्यहाँ नेपाली सिमि प्याकिङ र ब्राण्डिङ गरेर बिक्री हुनेछ,’ उनले भने।

शाहीले क्यानडामा पनि २० टन जुम्ली उत्पादन पठाउने तयारी गरेका छन्। १५ टन मार्सी, ४ टन सिमी, हरियो केराउ र कोदो गरेर १ टन क्यानडामा माग भएको उनले बताए।

क्यानडास्थित लायम फुड कर्पोरेसनका डा‍‍‍. पूर्ण कँडेलको समन्वयमा जुम्लाको मार्सी र सिमी निर्यात हुने भएको हो। कम्पनीले वाइवाइ चाउचाउ र चिया पनि ब्यापार गर्दै आएको छ।

नेपालबाट क्यानडा पठाइने सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने राजले जानकारी दिए।

‘अहिले लोगो तयार गर्ने तथा डी–स्टोन (सामान भएको ढुंगा हटाउने) गर्ने काम भइरहेको छ,’ उनले भने, ‘अबको १ महिना भित्र क्यानडामा पनि सामान जान्छ।’

जापानमा सहजै सामान पठाएका शाहीलाई क्यानडा सामान पठाउँन भने केही अप्ठ्यारो भएको छ। क्यानडामा नेपालबाटै प्याकिङ गरेर पठाइने हुँदा अप्ठ्यारो परेको उनले बताए।

‘जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ। हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्,’ राज पहिलो पटक सामान निर्यात गर्दाका अनुभव सुनाउँछन्, ‘तर क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ।’

कलेक्सन सेन्टरको समस्या हुँदा सबै किसनको उत्पादन समेट्न र जुम्लाबाट ठूलो परिमाणमा सामान काठमाडौं ल्याएर बेच्न समस्या भएको उनले बताए।

‘प्रत्येक किसानको उत्पादन जम्मा पार्न निकै समस्या पर्छ। जुम्लाबाट सिधैँ काठमाडौं गाडी लाग्दैन। लोड अनलोड गर्दा लागत मूल्य पनि बढी पर्न आउँछ,’ उनले भने।

गुणस्तरीय सामान पठाउने हो भने अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन व्यापारमा धेरै संभावना भएको उनको बुझाइ छ।

जुम्लाघर अर्ग्यानिक्समा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर पाइन्छ।

२०६० सालमा विज्ञानमा स्नातक सकेपछि सिटिइभिटीमा तीन वर्ष कृषि प्रशिक्षकको रुपमा काम गरेका शाहीले २०७४ सालमा कृषि व्यवसाय स्नातकोत्तर र विभिन्न अनुभव लिएर व्यवसाय सुरू गरेको हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top