जो वाइडेनको विजयले अमेरिकामा रहेका नेपाली खुशी

२३ कात्तिक ७७, सोमबार

२४  कात्तिक, वाशिङ्गटन डिसी ।

अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी व्यक्त्त गरेका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य बीमा, बन्दुक नियन्त्रण, न्यूनतम वेतनमा वृद्धि जस्ता विषयमा डेमोक्र्याट पार्टीको धारणासँग ऐक्यबद्धता जनाउँदै आएका छन् ।

सन् २०२० को चुनावमा यी विषय ओझेलमा पार्नेगरी कोरोना भाइरस र यसको नियन्त्रणमा आवश्यक रणनीति बनाउने विषयले प्रमुखता पाएको यथार्थ छ । “जो वाइडेनको विजयले हामी अमेरिकन नेपालीमा आशा र विश्वास निर्माण गराउन अभिप्रेरित गरेको छ”, वाइडेनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्ब्लीका डेलिगेट ह्यारी भण्डारीले भने, “अमेरिका सम्भावना र अवसरको भूमि हो भन्ने कुरा यो पटकको निर्वाचनले प्रमाणित गरेको छ ।”

Advertisement

भण्डारीले आप्रवासी अभिभावकबाट जन्मिएका उपराष्ट्रपति कमला ह्यारिसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणा दिएको बताए । भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्बलीमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ ।

डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस (टिपीएस) बाहकहरुलाई ग्राीनकार्ड हुँदै नागरिकका लागि सहजीकरण गर्ने विधेयक कार्यान्वयन हुने विश्वास गरिएको छ । यसबाट करिब १० हजार नेपाली लाभान्वित हुनेछन् ।

Advertisement

अमेरिकामा कानून व्यवसायमा संलग्न खगेन्द्र जिसी प्रजातान्त्रिक विधि र प्रक्रियाबाट निर्वाचित कार्यकारीले विगतमा चालिएको कदम जनमतबाट अस्वीकार हुने प्रक्रिया सुन्दर पक्ष भएको टिप्पणी गर्छन् । जिसीले कतिपय आप्रवासनसम्बन्धी कानूनको पुनरवलोकन गर्ने भनेर चुनावी अभियानमा भन्दै आएकाले कार्यकारी आदेश आउन सक्ने विश्वास व्यक्त गरे । खासरी टिपिएस, डाकाजस्ता कार्यक्रममा वाइडेन प्रशासनले लचिलो नीति अङ्गीकार गर्ने विश्वास लिइएको जिसीले बताए । उनले भने, “पछिल्ला दिनमा आप्रवासनसम्बन्धी मुद्दामा विलम्ब हुने, कार्यकारी आदेशबाट रोकिने भएको थियो आगामी दिनमा त्यसमा सुधार हुने अपेक्षा राखेको छु ।”

अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले वाइडेनको विजयले नेपाल अमेरिकाको सम्बन्धमा नयाँ उचाइ हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । उनले अमेरिकामा विविधताको विशेषता यो निर्वाचनले पुनःस्थापित गरेको प्रतिक्रिया दिए ।

अमेरिकाले ग्लोबलरुपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गर्दै अगाडि बढ्न नयाँ रणनीति अङ्गीकार हुने शर्मा बताउँछन् । अमेरिकामा रहेका नेपाली नयाँ प्रशासनले लिने स्वास्थ्य बीमाको नीति र कोभिड– १९ को नियन्त्रणमा चाल्ने कदमबाट लाभ लिनसक्ने विश्वास रहेको शर्माको भनाइ छ ।

अमेरिकामा व्यवसाय गर्दै आएका राधेश पण्डित वाइडेन र ह्यारिसको विजयले व्यवसायीमा उत्साह थपिएको प्रतिक्रिया दिए ।

पण्डितको अनुभवमा यदि समयमा नै प्रभावकारी कदम चालिएको भए अमेरिका अहिले आर्थिक अवस्थाको पुनःस्थापनाको चरणमा प्रवेश गर्ने थियो । उनी सन् २००८ को वित्तीय सङ्कटका बेलामा ओवामा प्रशासनको मातहतमा रहेर वाइडेनले खेलेको भूमिकाको स्मरण गर्दै भन्छन्, “अहिलेको घडीमा अमेरिकाले खोजेको र चाहेको व्यक्ति नै वाइडेन हो ।” पण्डितले कार्यकारी अधिकारलाई प्रभावकारी बनाउन वाइडेन र ह्यारिसको टिम समन्वय निकै राम्रो हुनेमा विश्वस्त रहेको बताए ।

अमेरिकामा रहेका नेपालीले खुद्रा व्यवसायमा राम्रो गर्दै आएका छन्, उनीहरु कोरोना भाइरसले ल्याएको सङ्कटलाई समाधान गर्न वाइडेन प्रशासन सफल हुनेमा विश्वस्त देखिन्छन् । अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका जो वाइडेनले अनौपचारिकरुपमा सोमबारदेखि आफ्नो कामको थालनी गर्ने बताइएको छ । यसका लागि सोमबार १२ सदस्यीय एक विज्ञ टोली गठन गरेर कोरोना भाइरसको नियन्त्रणका लागि थप कदम चाल्ने बताइएको छ ।

यसैगरी मौसम परिवर्तन जस्ता विषयमा कार्यभार सम्हाल्ने केही दिनमा नै कार्यकारी आदेश आउने घोषणा गरिएको छ । नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले आगामी जनवरी २० बाट आफ्नो कार्यभार सम्हाल्नेछन्। त्यस अगाडि शक्ति रुपान्तरण समूहमार्फत् विभिन्न काममा सहभागी हुनेछन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top