२ फागुन, झापा। झापाको मेचीनगर नगरपालिका १२ धाइजन स्थित मेची राजमार्गबाट करिब ६० लाख ३१ हजार १ सय रुपैया बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु प्रहरीले बरामद गरेको छ ।
ठूलो परिणामको अबैध सामानहरु ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानलाई रोकेर चेकजाँच गर्दा उक्त गाडी भित्रबाट अबैध रुपमा ल्याईएको बिभिन्न प्रकारका लत्ता कपडाहरु बरामद भएको हो ।
बरामद गरिएको कपडा , भेन चालक मेचीनगर ७ बस्ने बिकास चन्द्र राजबंशी र पिकअप समेतलाई आवश्यक कारवाहीको लागि क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।