झापामा एक पुरुषले गरे श्रीमतीको हत्या

८ मंसिर, झापा ।

झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आइतबार साँझ खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

श्रीमतीसँगै अर्का पुरुष पनि काम गर्दै थिए। उनले श्रीमतीसँगै धान उठाउँदै गरेका दमक- २ का प्रकाश चन्द्र दाहाललाई पनि खुकुरी प्रहार गरेका छन्। गम्भीर घाइते दाहालको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रवक्ता थापाले बताए। स्थानीयका अनुसार दाहालले पनि भागेर मात्र ज्यान जोगाउन सफल भएका थिए।

Advertisement

श्रीमतीको हत्यामा संलग्न भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। खुकुरी प्रहार गर्ने भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए।

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top